सिद्धार्थ राणाको प्रतिष्ठामा धक्का लाग्ने भएपछि ‘ब्याक’ भए राजनबाबु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 10:25:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियनस अफ नेपालको आगामी नेतृत्वका रुपमा हेरिएका राजनबाबु श्रेष्ठ एकाएक ‘ब्याक’ भएका छन् । उनले मंगलबार औपचारिक रुपमै अब आफ्नो समर्थन करण चौधरीलाई रहेको भनिसकेका छन् । एक महिना अगाडीसम्म आकाश गोल्छासँग आफैँ चुनाव लड्ने भनेर तयारी गरिरहेका श्रेष्ठलाई एकाएक ‘ब्याक’ हुनुपर्ने बाध्यता कसरी आइलाग्यो ? यसमा श्रेष्ठकै समूहका रहेका एक जना व्यवसायीले धेरै कुरा खोलेका छन् ।

बजारमा सिप्रदी ट्रेडिङ अर्थात् टाटाको छवी क्रमशः ओरालो लागिरहेको अवस्थामा राजनबाबुले आफूलाई असुरक्षित महशुस गरेर चुनाव नलड्ने मनस्थितिमा पुगेको ति व्यवसायीको दाबी छ । उनी भन्छन्, ‘म राजनबाबुलाई अबको अध्यक्ष भनेर हिडेको मान्छे, तर पछिल्लो समय सिप्रदीले डिलरको बैंक ग्यारेन्टी खोस्ने, अहिलेको मन्दीका बेला पनि गाडी खोस्ने जस्ता क्रियाकलाप गरेपछि उसको छवी साँच्चै नै बिग्रिएको छ ।’

ति व्यवसायीका अनुसार सिप्रदीको टिमले यहीँ कारण हार्ने चुनाव नउठ्न भनेर राजनबाबुलाई रोकेको हो । ‘सिप्रदी भनेको सिद्धार्थ राणा हो, राजनबाबुको हार वा जित सिद्धार्थ राणाको प्रतिष्ठासँग जोडिन्छ’, उनले थपे, ‘अंकगणितले जित्ने सम्भावना नदेखाएपछि हार्ने चुनाव सिप्रदी किन लड्छ ? त्यहीँ भएर उहाँ ब्याक हुनु भएको हो । म अब आकाश गोल्छालाई चुनाव जित्न सजिलो देख्छु ।’

त्यसो त, अहिले राजनबाबुसँग अर्थात् सिप्रदी ट्रेडिङसँग विगतमा जस्तो ठूलो संख्यामा भोट ‘होल्ड’ नरहेको बताइन्छ । विगतमा सिप्रदीले ठूलो भोटको ‘प्रोक्सी’ राख्ने गरेपनि यसपाली उसले होल्ड गर्ने प्रोक्सीमा ३० देखि ४० प्रतिशत कमी आउने देखिएको अटोमोबाइल्स व्यवसायीहरुबीच चर्चा छ ।

‘गाडी तान्ने, बैंक ग्यारेन्टी खोस्ने, तार्गेट पुगेर भनेर अनावश्यक झमेला दिने जस्ता क्रियाकलापका कारण उसकै डिलर्स पनि खुशी छैनन्, उसले होल्ड गर्ने प्रोक्सीको संख्या यसपाली बढीमा ४० र कम्तीमा पनि ३० प्रतिशत घट्नेवाला छ’ राजनबाबुसँगै उनकै समूहबाट चुनाव जितेर हाल पदाधिकारी रहेका एक जनाले भने, ‘यसपाली डिलर्सहरु २ कारणले आफैँ भोट हाल्न आउँदैछन् । पहिलो यसपाली ब्यापार छैन, उनीहरु फुर्सदिला छन् । दोस्रो, यसपटक नीतिगत रुपमा अटोमोबाइल्स व्यवसायमैत्री ऐन कानुनका लागि पैरवी गर्ने नेतृत्व छान्नुपर्ने समय भएकाले उनीहरु आफैँ आएर उम्मेदवारका एजेण्डा हेरेर मतदान गर्नेवाला छन् ।’

नाडाको चुनावी साधारणसभा पौष २० र २१ गतेका लागि तोकिएको छ । यसपाली अध्यक्षमा आकाश गोल्छा र करण चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved