गाडी व्यवसायीको नेता बन्न ठूला घरानाबीच प्रतिस्पर्धा तीब्र, सर्वसम्मतको सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 02:16:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको पौष २० र २१ गते हुने चुनावी साधारणसभाको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीसँग सर्वसम्मतको छलफल पनि बाक्लिएको छ । आकाश गोल्छा र करण चौधरीले अध्यक्षमा दाबी गरेपछि अहिले निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले सर्वसम्मतको प्रयास बढाएका छन् ।

गोल्छा र चौधरी पनि सर्वसम्मतका लागि तयार देखिएको बताइन्छ । अहिलेसम्म सर्वसम्मतको प्रयास गरिरहेका दुलालहरुले दूबै आकांक्षीलाई सँगै राखेर १२ पटकभन्दा बढी छलफल गराएका छन् । छलफलमा दूबै जना सर्वसम्मतिबाटै जानुपर्छ भन्नेमा सहमत देखिएका छन् ।

‘दूबै ठूला घराना भएकाले सर्वसम्मति हुने सम्भावना धेरै छ’ एक जना अटोमोबाइल्स व्यवसायीले भने, ‘चुनाव हुने सम्भावना कम छ ।’

सर्वसम्मतिको ढोका खुला राखेरै दूबै पक्षले ‘प्यानल’ घोषणा नगरेको बताइन्छ । अहिले दूबै पक्षले १०/१० जनाको मात्रै टिम बनाएका छन् । कार्यसमितिमा १७ जना सदस्य हुने र ३ जना थप गरी २० जना हुने भएकाले दूबै पक्षले आ–आफ्नो पक्षबाट १०/१० जनामा सहमति गर्ने करिब करिब टुंगो लागेको छ । यसमा अध्यक्ष को हुने भन्ने मात्रै बाँकी रहेको विश्वस्त स्रोतले पुष्टि गरेको छ ।

‘अध्यक्षमा दुइ जना नै योग्य हुन्, यसमा दुइमत भएन’ स्रोत भन्छ, ‘उहाँहरु दूबै जना एक पटक नाडाको अध्यक्ष हुने नै हुन्, तर अहिले को हुने र अर्को कार्यकालमा को हुने भन्नेमा मात्रै कुरा मिल्न बाँकी छ ।’

अहिले गोल्छालाई गोल्छा अर्गनाइजेशन, लक्ष्मी ग्रुप, शारडा ग्रुप, साइमेक्स इंक, किया मोटर्स, ज्योति ग्रुप, अग्नी ग्रुप, विशाल ग्रुप र टोयटा लगायतका घरानाहरुको समर्थन छ । सांघाई ग्रुपले पनि आकाश गोल्छालाई नै समर्थन गर्ने बताइएको छ । चौधरीलाई चौधरी समूह, सिप्रदी, एमएडब्ल्यू लगायतको समर्थन रहेको बुझिएको छ ।

पौष १० गतेसम्म सर्वसम्मतिबाट ‘फाइनल’ नाम आइसक्ने चौधरी समूहमा रहेका एक जना अटोमोबाइल्स व्यवसायीले बताए ।

‘पौष १० गतेसम्म सदस्यता नवीकरणको म्याद छ, त्यो दिनसम्म सहमतिको खाका आइसक्छ’ उनले भने, ‘यदि पौष १० सम्म पनि सहमति भएन भने चुनाव हुने कुरा त छँदैछ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved