नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2023 | 06:31:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् । आज साँझ भएको छलफलपछि करण चौधरीको नाममा सहमति जुटेको हो । 

अध्यक्षका अर्का प्रत्यासी आकाश गोल्छाले चौधरीको नाममा सहमति जनाएका हुन् । गोल्छा अर्को कार्यकालका लागि अध्यक्ष बन्ने सहमति भएको बताइएको छ । 

अब सदस्यमा पनि सर्वसम्मतको प्रयास हुनेछ । सदस्यहरु सर्वसम्मत भएपछि सदस्यमध्येहरुबाट पदाधिकारी चयन गरिनेछ । 

नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved