जेसिबीको एक्सक्लुसिभ रिटेलर अब ढल्केबरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2023 | 04:38:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरले आफ्नो एक्सक्लुसिभ रिटेलर पायल मोटर पार्ट्स, ढल्केबरमा सञ्चालनमा ल्याएको छ ।

 उक्त एक्सक्लुसिभ रिटेलरको उद्घाटन एक कार्यक्रमकाबीच ढलकेबर ६ का वडा अध्यक्ष नन्दकिशोर यादव र एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशन कुमार श्रेष्ठ, पायल मोटर पार्ट्सका प्रबन्ध निर्देशक दीपेन्द्र शाह तथा ढल्केबरका स्थानीय ग्राहक मार्फत संयुक्त रुपमा गरेका थिए।  

यसको शुरुवातसँगै अब ढल्केबरका ग्राहकहरुले पायल मोटर पार्ट्स मार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउने कम्पनीको भनाई छ ।

“जेसिबी मेशिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर “JCB लाई JCB मात्र” भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरको शुरुवात हामीले गरेका हौं र हामीले शुरुवातदेखि नै ग्राहकवर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौं,” कम्पनीका प्रतिनिधिले भने ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved