अफरोड ट्रयाकमा एमजी ४ इभिको ‘स्ट्रेन्थ टेस्ट’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 08:08:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एमजीको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजी फोर ईभीको स्ट्रेन्थ टेस्ट गरेर अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको छ । “एमजी ४ स्ट्रेंन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी ” नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ई.भी स्ट्रेन्थ टेस्ट हो ।

गत चैत १ गते बिहिबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले विभिन्न सेलिब्रेटी, मिडियाकर्मी तथा सामाजिक संजालका प्रभावकर्ताहरू सहभागी गराएको हो । 

धुलिखेलमा रहेको डर्ट टेम्पलमा एमजी४ इभिको ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरुले हिलो बाटो, सार्प टर्निङ, हील असिस्ट र ओरालोको पर्फमेन्सजस्ता विषयमा एमजी४ इभिको परीक्षण गरेका थिए । ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीहरुले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव लिएका थिए । 

एमजीको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको पहिलो ईभी एम.जी फोर, अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो । उक्त ट्रयाकमा पटहोल, ठाडो उकालो, सार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो ।

इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सनका कारण चार जना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या सिर्जना नभएको पाइएको थियो । यस एमजी४ इभिमा रहेको हील असिस्ट, हील डिसेन्ट कन्ट्रोल तथा रियर ह्वील ड्राइभका कारण अफ्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिएको अनुभब सहभागीहरूले बताऐ ।

इभेन्टका बारेमा बोल्दै पारामाउन्ट मोटर्सका प्रतिनिधिले भने नेपालमा रहेको विभिन्न ई.भी गाडिहरू मध्ये एम.जीले पहिलो पटक यस्तो परीक्षण गरेको हो । उनले “ग्राउन्ड क्लियरेन्स” को सम्बन्धमा रहेको शङ्का टेस्ट ड्राइभ पश्चात मेटिएको बताए । 

सहभागीहरूले टेस्ट ड्राइभ पश्चात एमजी४ इभि सहरका चिल्ला बाटोमा मात्र नभई बिग्रिएका, खाल्डाखुल्डी, हिलो तथा कच्ची बाटोहरुमा पनि सहजै चलाउन सकिने कुरामा आफु विश्वस्त रहेको जनाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved