रेसिङ अटोमोबाइल्सले ल्यायो ‘८१ मा एक्कासी’ उपहार योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 07:31:24 PM मा प्रकाशित

laxmi  sunrise bank

रेसिङ अटोमोबाइल्सले नयाँको अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘८१ मा एक्कासी’ उपहार योजना ल्याएको हो ।

योजना अन्तर्गत रेसिङ अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई अप्रत्याशित रुपमा एक्कासी आइपर्ने दुर्घटना, स्वास्थ्य समस्या जस्ता आकस्मिक रुपमा जोखिमको रक्षावरण गरिदिने भएको हो ।

जोखिम रक्षावरण योजना अन्तर्गत नयाँ वर्ष २०८१ का पहिलो तीन महिनामा सो अटोमोबाइल्स मार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकहरूले पनि साल २०८१ भरि एक वर्ष लागु हुनेगरी बीमा सुविधा प्राप्त गर्नेछन् । जसमा दुर्घटना बीमा अन्तर्गत २५ लाख रुपैयाँसम्मको बीमा रेसिङ अटोमोबाइल्सले गरिदिने भएको छ ।

त्यसैगरी, औषधी उपचार बीमा बापत जुनसुकै रोग र उपचारका लागि १ लाख रुपैयाँ बीमा समेत रेसिङ अटोमोबाइल्सले गरिदिने भएको छ । यो उपहार योजना प्राप्त गर्ने हरेक ग्राहकलाई कुनै गम्भीर प्रकृतिका रोग लागेमा थप १ लाख रुपैयाँको बीमा सुविधा समेत पाउने कम्पनीले जनाएको छ ।

उल्लेखित उपहार योजना विशेष ग्राहकले थप अर्को वर्ष समेतका लागि प्राप्त गर्न सक्ने उल्लेख गर्दै अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुङ्गेलले भने, ‘पहिलो तीन महिनामा कारोबार गर्ने कुनै ग्राहकले यो सालभर थप कारोबार गरेमा वा त्यस्ता ग्राहकको सिफारिसमा कुनै नयाँ कारोबार भएमा त्यस्ता ग्राहकको हकमा अर्को साल २०८२ को लागि पनि यस्तो जोखिम रक्षावरण (बीमा सुविधा) प्राप्त हुने छ।‘

उनका अनुसार अटोमोबाइल्सको ग्राहक केन्द्रित यस्ता योजनाहरू नियमित रुपमा सार्वजनिक गर्दै आइरहेको छ । आफ्ना ग्राहकसँगै हरेक पर्व, अवसर र उमङ्ग साट्ने प्रयास स्वरूप यस प्रकारको योजना सार्वजनिक गरिएको ढुङ्गेलले बताए । आफ्ना ग्राहकको स्वास्थ्य र सुरक्षामा आफूहरूको चासो रहेकोले यो योजना तीन महिनाको लामो समयका ग्राहकको लागी उपलब्ध गराइएको उनको दाबी छ ।

सबै प्रकारका नयाँ तथा पुराना गाडीहरूको बिक्री वितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलङ्की भाटभटेनीदेखी २०० मिटर पूर्वतर्फ रेसिङ बजारमा रहेको छ । रेसिङ अटोमोबाइल्सले सुलभ मूल्यमा ग्राहकको रोजाई अनुसारका सबै प्रकारका नयाँ तथा पुराना गाडीहरू उपलब्ध गराएर गाडीका पारखी र आम ग्राहक बीच लोकप्रियता हासिल गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved