निजि क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय उडानको अनुमति, कुन कुन कम्पनीलाई बाटो खुल्यो ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 22, 2018 | 12:20:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निजि क्षेत्रका हवाई सेवा प्रदायकलाई अन्तराष्ट्रिय उडान भर्न दिने भएको छ। भदौ ५ को मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय हवाई सेवा संचालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धि कार्यविधि २०७५ स्वीकृत गर्दै निजि क्षेत्रका हवाई सेवा प्रदायकलाई समेत अन्तर्राष्ट्रिय उडान भर्न दिने निर्णय गरेको हो। 

सरकारको उक्त निर्णयसंगै मापदण्ड पुगेका हवाई सेवा प्रदायकहरुले समेत अबदेखि अन्तराष्ट्रिय उडान भर्न पाउनेछन। हाल नेपालमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । यसबाहेक चिनीया लगानी सहितको हिमालय एयरलाईन्सले पनि अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

अन्तराष्ट्रिय उडान भर्न नियमित ५ बर्ष उडान भरिरहेको हुनुपर्ने मापदण्डमा उल्लेख छ। उक्त मापदण्ड अनुसार आन्तरिक उडानमा सिमित भएका बुद्ध , सिता र सिम्रिक एयरले अबदेखि अन्तरर्राष्ट्रिय उडान भर्न सक्ने छन। 

त्यस्तै सरकारले नागरिक उड्डयन प्राधिकरण संचालन नियमन सम्बन्धि नयाँ ऐन ल्याउन र तर्जुमा गर्न स्वीकृति दिइएको छ। सरकारले बायुसेवा कम्पनीहरुको नियामक नागरिक उड्डयन प्राधिकरणलाई संचालन र नियमनको जिम्मेवारी अलग्ग्याउनका लागि यस्तो निर्णय गरेको हो। 

हाल प्राधिकरणले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल संचालन गर्दै आएको छ भने बायुसेवा कम्पनीहरुलाई नियमन समेत गर्दै आएको छ। नियमन र संचालन प्राधिकरण एक्लैले गर्दै आएको बिषयलाई युरोपियन कमिशनले समेत मुद्दा बनाउदै आएको छ। सरकारको यस निर्णयले नेपालको जहाजलाई कालोसुचिमा राखेको इयुले आफ्नो निर्णय पुनरावलोकन गर्ने अपेक्षा गरिएको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved