काठमाडौँ विमानस्थलबाट आज ६ अन्तराष्ट्रिय उडान हुँदै, कुन देशमा कुन एयरलाइन्स ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 04, 2020 | 11:36:02 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज शनिबार ६ वटा अन्तराष्ट्रिय उडान हुँदैछन् । देशका विभिन्न ठाउँबाट उद्वार गरी काठमाडौँ ल्याईएका विदेशी पर्यटकलाई सम्बन्धित देशमा फर्काउने क्रम अनुसार आज ५ देशले आफ्ना नागरिक लैजाँदै छन् । सोही अनुसार आज काठमाडौँबाट अन्तराष्ट्रिय उडान भर्ने ५ वटा विदेशी कम्पनीका जहाजले ६ वटा चार्टर उडान गर्दैछन् ।

नेपालस्थित जर्मनी र फ्रान्स दूतावासले कतार एयरवेजको जहाज चार्टर गरी आफ्ना नागरिक लैजाँदै छन् । यी देशका नागरिकलाई कतार एयरवेजका दुबै जहाज काठमाडौं आइसकेका छन् । 

मलेसियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरलाइन्सले पनि आज काठमाडौँबाट चार्टर उडान गर्नेछन् । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार कतार एयरको जहाज आज दिउँसो दोहाहुँदै पेरिस पुग्नेछ । मलेसियन एयरलाइन्सले पनि आजै चार्टर उडानमार्फत आफ्ना देशका नागरिक फिर्ता लैजानेछ । 

लकडाउन सुरु भएदेखि हालसम्म करिब १५ सय विदेशी नागरिकलाई स्वदेश फर्काइसकिएको नेपाल पर्यटन बोर्डको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved