निगमको विमानलाई हङ्गकङ्ग जान प्रतिबन्ध, सम्पूर्ण उडान स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 04:07:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमको हङ्गकङ्गको लागि तय भएको सम्पूर्ण उडान स्थगित भएका छन् । हङ्गकङ्गको नागरिक उड्ययन विभागले प्रतिबन्ध लगाएपछि निगमको १२ नोभेम्बरदेखि २५ नोभेम्बरसम्मको लागि तय भएको उडान स्थगित भएको हो ।

यस संगै १६,१७, २३ र २४ नोभेम्बरको लागि तय भएको उडान हुने छैन । ९ र १० नोभेम्बरको काठमाण्डौं–हङ्गकङ्ग–काठमाण्डौंको उडानमा यात्रा गर्ने यात्रुहरुको कोभिड परिक्षण गर्दा पुन: पोजेटिभ देखिएको हुनाले हङ्गकङ्गले निगमलाई उडान गर्न निषेध गरेको हो ।

उल्लेखित उडानहरुको लागि टिकट लिईसकेका यात्रुहरुले अर्को उडान मिति तय गर्नका लागि नेपाल वायुसेवा निगमको केन्द्रिय कार्यालय अथवा हङ्गकङ्ग स्थित कार्यालयमा सम्पर्क राख्न निगमले आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved