काठमाडौँ एयरपोर्ट १८ घण्टा मात्रै चल्ने, यी एयरलाइन्सले उडान सार्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2021 | 05:17:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय उडानको संख्या नबढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालननको अवधि छोट्याएको छ । विमानस्थल व्यवस्थापनले आगामि चैत १५ देखि विमानस्थल राति साढे १२ बजेपछि बन्द गर्ने निर्णय गरेको छ ।

हाल बिहान ६ बजेदेखि राती ३ बजेसम्म दैनिक २१ घन्टा सञ्चालन हुँदै आएको विमानस्थल चैत १५ पनि दैनिक १८ घण्टा मात्र सञ्चालन हुने भएको हो । यससँगै मध्य राति काठमाडौंबाट दोहा, दुबई र जापानको नारिता उडान गर्ने कतार एयरवेज, हिमालय एयरलाइन्स, एयर अरेबिया र नेपाल वायुसेवा निगमले आफ्ना रात्रिकालीन उडानको समय सार्नुपर्ने भएको छ ।

कोरोना महामारीअघि दैनिक दुईतर्फी ८० हाराहारी उडान हुँदै आएकामा अहिले दैनिक ३० मात्रै अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । नेपालमा उडान गर्दै आएका १४ बटा वायुसेवा कम्पनीहहरूले पुनः उडान सुचारू गरेसकेका छैनन् । 

नेपालका २ सहित १५ मुलुकका ३० वटा वायुसेवा कम्पनीले विभिन्न २१ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडानको अनुमति लिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved