नेपाल एयरलाइन्सलाई निजीकरण गर्न लागिएको भन्दै कर्मचारी आन्दोलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 05:58:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै ३ कर्मचारी युनियन आन्दोलित भएका छन् । उनीहरुले निगमलाई निजीकरण गर्न लागिएको निर्णय फिर्ता नलिएसम्म र महाप्रबन्धक डिमप्रसाद पौडेलको राजीनामा नआएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । 

निगमलाई कौडीको भाउमा व्यापारीको जिम्मा लगाउन प्रबन्धधपत्र र नियमावलीको मस्यौदा स्वीकृतिका लागि पर्यटन मन्त्रालय पठाइएको भन्दै उनीहरुले बुधबार पत्रकार सम्मेलनमार्फत विज्ञप्ति नै सार्वजनिक गरेका छन् । 

कर्मचारी युनियनले गलत मनसाय र गलत उद्देश्य राखी सीमित व्यक्तिको निजी स्वार्थ पूरा गर्न गरिएको निर्णय राष्ट्रघाती भएको बताएका छन् । उनीहरुले विज्ञप्तिमा सरकारी स्वामित्वमा सञ्चालित निगमलाई कौडीको भाउमा बेच्न कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरी अन्तिम स्वीकृतिका लागि महाप्रबन्धक पौडेलले मन्त्रालय पठाएको उल्लेख गरेका छन् । 

विज्ञप्तिः


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved