निगमको जहाज पहिलो पटक इजरायल पुगेर ल्यायो ५८ थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 11:42:16 AM मा प्रकाशित

laxmi  sunrise bank

इजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यको विशेष पहलमा इजरायलले पठाएको स्वास्थ्य सामग्री तथा उपकरण नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको २३५३ जहाज सामग्रीसहित बिहीबार विहान ११ः १० काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरु तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको थियो । 

‘नेपाल आएका ती स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएका हुन्,’ राजदूत डाक्टर शाक्यले भने, ‘करिब २० करोड रुपैंया जति अनुमानित मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल १८ टन छ ।’ 

राजदूत शाक्यका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायत कोरोनाको उपचारसँग सम्बन्धित छन् । 

 ‘कोभिड—१९ सँग सम्बन्धी ईजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले बताईन् । उनका अनुसार यसका लागि प्राविधक विज्ञहरुले नेपालको सिसिएमसीसँग जुम मिटिङमार्फत आवश्यक परामर्श दिन थालिसकेका छन् । 

विश्वमा पहिलो ‘मास्क फ्री’ देशका रुपमा इजरायलले घोषणा गरेको थियो । ईजरायलमा कोरोना करीब करीब नियन्त्रणमा आइसकेको र त्यहाँका जनताले मास्क लगाएर हिंड्नु नपर्ने अवस्था छ । 

नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलो पटक अवतरण भएको हो ।

‘ईजरायलमा नेपाली ध्वजावाहकको पहिलो औपचारिक उडान (मेडिकल कार्गो चार्टर्ड उडान) सम्भव भएको छ,’ राजदूत शाक्यले भनिन्, ‘यो अभियानमा सफल बनाउन सहयोग गर्नुहुने नेपालका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिसिएमसी, नेपाल एअरलाईन्स, भारत, पाकिस्तान, बहराईन, साउदी अरब तथा ईजिप्टस्थित नेपाली राजदूतावासहरु, ईजरायलस्थित नेपाली समुदायका साथै ईजरायली पक्षतर्फ ईजरायली परराष्ट्र मन्त्रालय, काठमाडौँस्थित ईजरायली राजदूतावास, सहयोग संकलन, पारवहन तथा अन्य धेरै क्षेत्रमा सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद ।’ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved