आन्तरिक उडानमा हट्यो कोटा प्रणाली, उडान संख्या एयरलाइन्सले नै बढाउन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 07:40:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा लागू रहेको कोटा प्रणाली हटाएको छ । वायुसेवा सञ्चालकहरुले बाढी पहिरोका कारण स्थम मार्ग अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेको र यो समस्या साधानका लागि हवाई उडानको संख्या बढाउन माग गरेअनुसार प्राधिकरणले कोटा प्रणाली हटाएको हो । 

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब दैनिक ६० देखि ७० उडान हुनेछ । यसलाई प्राधिकरणले दोस्रो चरणको लकडाउन सुरु हुनुभन्दा अगाडीकै अवस्थामा हुने नियमित उडानको रुपमा लिएको छ । आवश्यक पर्ने जति उडान संख्या थप गरेर उडान गर्ने अधिकार सम्बन्धित एयरलाइन्स कम्पनीलाई नै दिईएको क्षेत्रीको भनाई छ । 

विमानस्थलमा भिडभाड नहुने गरी उडानको प्रवन्ध मिलाउन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई पनि निर्देशन दिईसकेको छ । 

सरकारले गरेको निर्णय अनुसार प्राधिकरणले यसअघि ५० प्रतिशत क्षमतामा ५० प्रतिशत मात्रै उडान खुलाएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved