काठमाडौँबाट भइरहेको लुक्ला उडान अब मन्थलीबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2022 | 10:36:22 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोलुखुम्बुको लुक्लामा हुने हवाई उडान पुनः रामेछापको मन्थली विमानस्थलबाट हुने भएको छ ।

कोरोना महामारी अगाडी काठमाडौँ विमानस्थलमा हवाई चाप हुँदा मन्थलीबाटै गरिएको लुक्ला उडान पुनः सोही विमानस्थलबाट गर्न लागिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेपछि असोज ९ गतेबाट मन्थली–लुक्ला उडानका लागि हवाई सेवा प्रदायक कम्पनीहरुले तयारी सकिसकेका छन् ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहितको टोलीले रामेछापस्थित मन्थली विमानस्थलको स्थलगत निरीक्षण समेत गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved