उडान रोक्न ठाडो आदेश दिएका मन्त्री श्रेष्ठले नेपाल एयरलाइन्समाथि नै लगाए गम्भीर आरोप (अडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2022 | 12:33:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सको आइतबार दिल्ली उडान रोकिएको विषयमा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण (क्यान) र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले नेपाल एयरलाइन्सलाई नै दोषी मानिरहेका छन् । 

यात्रुले बोर्डिङ पास समेत लिइसकेको अवस्थामा २५४ जना यात्रु लिएर दिल्ली उड्न ठिक्क परेको नेपाली राष्ट्रिय ध्वजावाहक जहाजलाई रोक्नु यात्रुमाथिको ज्यादती र राष्ट्रिय ध्वजावाहकलाई सिध्याउने खेल भएको भन्दै आलोचना निगम र यात्रु पक्षले लगाएका छन् । 

यस विषयमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि नेपाल एयरलाइन्समाथि नै खनिएका छन् । उनले क्यानले स्वीकृत नै नगरेको सेड्युअल अनुसार उड्न खोजेर नेपाल एयरलाइन्सले दादागिरी देखाएको आरोप लगाएका छन् । 

‘सेड्युअल नभएको उडानको बोर्डिङ पास गर्ने ? यो नेपाल एयरलाइन्सको ठूलो कमजोरी हो’ मन्त्री श्रेष्ठले बिजपाटीसँगको कुराकानीमा भने, ‘पहिल्यै टिकट बिक्रि थियो भने पनि फ्लाइटको सेड्युअल नभएप्छि यात्रुलाई जानकारी गराउनुपर्छ की पर्दैन ? यात्रुलाई दुःख दिन सेड्युअल नै नभएको अवस्थामा पनि यात्रुलाई बोलाएर नेपाल एयरलाइन्सले गम्भीर गल्ती गर्यो, यसबारे कुरा गर्न निगमका अध्यक्षलाई मन्त्रालयमै बोलाएको छु ।’ 

मन्त्री श्रेष्ठले नेपाल एयरलाइन्सले भैरहवाबाट उडान नगरेकोमा उसलाई कारबाही गरिएको संकेत भने घुमाउरो गरी गरेका छन् । 

सुनौँ कुराकानीः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved