बुद्ध एयरले माग्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलीङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 11:11:16 AM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले पोखरा विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा वाह्या उडानका लागि ग्राउण्ड ह्याण्डलिङका लागि नागरिक उड्डयन प्राधिकरणमा निवेदन प्रस्ताव दर्ता गराएको छ। बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलीङ कार्यको प्रस्ताव बुझाएको हो ।

नयाँ विमानस्थल धेरै खर्चमा बनेको र सञ्चालन गर्न पनि बढी खर्च लाग्ने देखिएको कम्पनीले जनाएको छ। खर्च कम गर्न विमानस्थलको ग्राउण्ड ह्याण्डलीङ व्यवस्था एकीकृत हुन जरुरी रहेकोले ग्राउण्ड ह्याण्डलिङ सेवा आफुलाई दिन कम्पनीले आग्रह गरेको हो । देशैभरि आफ्नो गन्तव्यमा आफैले ग्राउण्ड ह्याण्डलिङ गरिराखेको र  लामो समयको अनुभव र पर्याप्त जनशक्ति पनि रहेकोले ग्राउण्ड ह्याण्डलिङ सेवा आफुलाई दिन आवेदन पेश गरिएको कम्पनीले जनाएको छ। 

बुद्ध एयरले आन्तरिक एवं भोलि आउने अन्तर्राष्ट्रिय वायु सेवाहरुले सस्तो तर गुणस्तरीय ग्राउण्ड ह्याण्डलिङ व्यवस्थाका लागि प्रतिवद्ध रहेको जनाएको छ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १, २०२३ बाट शुरु हुने गरि बुद्ध एयरले सम्पूर्ण आन्तरिक तयारी गरिसकेको छ ।

धेरै वर्षको मिहिनेत र खर्चपछि यो पूर्वाधार साकार भएको र अब यस विमानस्थलको भरपूर उपयोग गरेर धेरैभन्दा धेरै पर्यटक (आन्तरिक एवं वाह्य) पोखरा र सम्पूर्ण गण्डकी प्रदेशमा भित्र्याउन बाटो खुलेको कम्पनीले जनाएको छ। विशेषतः गण्डकी प्रदेश र हरेक नेपालीको जिवनोस्तर उकास्न र सामान सम्पत्ति सिर्जना गर्ने बाटो पनि खुल्ने कम्पनीले उल्लेख गरेको छ ।

बुद्ध एयरले यस अन्तर्राष्ट्रिय विमानस्थलको शुरुवातबाटै पाँचवटा विमान रात्री–बिसान गरि साताको ३०० उडान भर्ने कार्यतालिका बनाएको छ । जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान भर्नेछन् । अन्तराष्ट्रिय तर्फ साताको तीन दिन भारतको बनारस उडान भर्नेछन् । यसैगरि बुद्ध एयरले सम्बन्धित निकायमा दिनको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिको लागि सम्बन्धित निकायमा निवेदन पेश गरेको छ ।

सानो उपत्यकामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानहरुले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका जहाजहरु कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा पनि बुद्ध एयरका प्राविधिक टिम अध्ययनरत रहेको जनाएको छछ । निकट भविष्यमै यस दिशातर्फ बुद्ध एयर अग्रसर हुने कम्पनीले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved