प्रभुका हेलिकप्टर उड्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 12:39:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडान रोकेको छ । माघ ५ गते अनुमति नै नलिई स्याङजाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको विषयमा प्राधिकरणले स्पष्टिकरण सोधेको भएपनि जवाफ नआएपछि उडान बन्द गराइएको बताइएको छ । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्रभुलाई माघ ५ गते बिना अनुमति वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गर्नुपर्ने कारणबारे मौखिक स्पष्टिकरण सोधिएको थियो । तर, अहिलेसम्म जवाफ आएको छैन । जवाफ नआएपछि प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको हो ।

उनले जवाफ आएपछि थप छानबिन गरिने पनि बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved