
कामना सेवा विकास बैक Kamana Sewa Bikas Bank Limited ले बैदेशिक मुद्रा सटही सुविधा थालेको छ। बैंकको काठमाडौं महानगरपालिका स्थित मुख्य शाखा कार्यालय ज्ञानेश्वरबाट बैदेशिक मुद्रा सटहीको सुविधा थालिएको बैंकले जनाएको छ।
बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा यस सम्बन्धी सेवाको उद्घाटन गरे। बैंकको मुख्य शाखा ज्ञानेश्वर सहित भैरहवा, सृजनाचोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखाबाट यो सुविधा लिन सकिने बैकले जनाएको छ। निकट भविष्यमा बैंकका सबै शाखाहरुबाट समेत उक्त सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष आचार्यले बताए।
बैंकले हाल आफ्ना ८१ वटा शाखा तथा ३५ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।