
आरम्भ लघुवित्तले तनहुँको देवघाटमा वित्तीय साक्षरता प्रदान गरेको छ । ३५ ग्राहक सदस्यहरुको सहभागितामा उक्त तालिम दिएको हो ।
तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजना तथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण लगायतबारे जानकारी लिएका छन् ।