ताप्लेजुङ्गमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 06:37:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited ले ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा  नं.–३, सिवामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

यस संगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७४ पुगेको छ । बैंकले खोलेको सो शाखारहित बैंकिङ्ग सेवाको ब्यवसाय प्रतिनिधिका रुपमा पदम बहादुर बुढाथोकीलाई नियुक्त  गरेको छ ।  

फक्ताङलुङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष आइतराम लिम्बुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । शाखारहित बैंकिङ्ग  सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत  शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट  ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा  बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । 

हालसम्म बैंकको १३९ वटा शाखा, ७४ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा  एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved