वाणिज्य बैंकले कृषि, लघु तथा घरेलु कर्जासम्बन्धी फोकल डेस्क स्थापना गर्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2021 | 06:50:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि, लघु तथा घरेलु क्षेत्रमा प्रवाह हुने कर्जाका लागि वाणिज्य बैंकहरुले फोकल डेस्क स्थापना गर्नुपर्ने भएको छ ।

मौद्रिक नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिकामा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले लघु, साना र मझौला उद्योगमा कर्जा प्रवाह तथा पहुँच वृद्धिका लागि कर्जा विभागअन्तर्गत एउटा छुट्टै डेस्क स्थापना गर्नुपर्ने व्यवस्थामा अब डेक्स मात्रै नभई फोकल डेक्सकै स्थापना गर्नुपर्ने जनाएको हो ।

कृषि, लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रोत्साहित गर्न गाँउपालिका तथा नगरपालिकाको सरकारी कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकका शाखाहरुमा कृषि, लघु तथा घरेलु कर्जासम्बन्धी फोकल डेस्कको स्थापना गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved