सिटिजन्स बैंकले सुरु गर्यो धनुषाको रमदैया भवाडीमा शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 05:56:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले धनुषाको रमदैया भवाडीमा  शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।  बैङ्कले   सेवा संचालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बताएको छ ।

यस्तो शाँखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध हुने  बैङ्कले जनाएको छ । यो सेवाले ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैङ्कले गरेको छ

बैङ्कले ग्राहकको वित्तीय कारोबार सुरक्षित तवरले प्रदान गर्न यस अघि नै बैंकले कियोस्क (Kiosk) ई.के.वाई.सी (ekyc)  तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान छिटो गर्न ग्राहक साहायता Customer Support Centre को पनि स्थापना गरेको  ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved