संसदमा पेश हुँदै बैंकिंङ सम्बन्धि महत्त्वपूर्ण विधेयक, आइएमएफको चासो पनि सम्बोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 07:28:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिंङ सम्बन्धी महत्त्वपूर्ण ऐनहरु संसोधनका लागि संघीय संसदमा विधेयक दर्ता हुने तयारीमा रहेको पाइएको छ। केही विधेयकहरु कानुन मन्त्रालयबाट स्वीकृत भई संसदमा दर्ता हुने तयारीमा रहेका छन् भने केहि विधेयकहरु  छलफलकै चरणमा रहेको जनाइएको छ। 

सबैभन्दा चासोका साथ हेरिएको  बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक  कानुन मन्त्रालयबाट स्वीकृत भई संसदमा नै दर्ता हुने तयारीमा रहेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन तथा व्यवस्थापन गर्न बनेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयक कानुन मन्त्रालय पुगेको छ। 

त्यस्तै अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले समेत संशोधनको गर्नु पर्ने भनिरहेको नेपाल राष्ट्र बैंक ऐनलाई संशोधनको गर्ने विषय पनि छलफलको चरणमा प्रवेश गरेको छ। केहि समय भित्रै नेपाल राष्ट्र बैंक ऐन पनि संशोधनको लागि कानुन मन्त्रालय पठाईने भएको छ। 

बैंक वित्तीय संस्थाहरुको नियमन तथा सुपरिवेक्षण गर्ने निकाय र कानुन बनाउने निकाय एकै हुँदा स्वार्थ बाँझिने भन्दै आइएमएफले नेपाल राष्ट्र बैंक ऐन संशोधनको सुझाव दिएको थियो। सोहिअनुसार राष्ट्र बैंकले एउटा टाउकोमा दुईवटा टोपी लगाउने अवस्था नहुनेगरि राष्ट्र बैंक ऐन संशोधन हुने स्रोतले जनाएको छ। 

शाखा तथा सामान्य तहको कर्मचारीले गल्ती गर्दा पनि हस्ताक्षरको कारणले प्रमुख कार्यकारी अधिकृत नै समातिने अवस्था बनेपछि बैंकहरुले बैंकिंङ कसुर ऐनमा संशोधनको माग राख्दै आएका थिए। त्यस्तै एकै व्यक्ति धेरै सँस्थामा लगानीकर्ता बन्ने तथा व्यवसायी नै संचालक बन्ने अवस्थाले स्वार्थको द्वन्द बढेको भन्दै पछिल्लो समय यसलाई रोक्नेगरि बाफिया संशोधन हुनुपर्ने आवाज उठेको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved