शुक्रबार १० अर्ब आन्तारिक ऋण उठाउँदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 11:32:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  शुक्रबार १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ  । नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको  विकास ऋणपत्र २०८८ ‘घ’ बोलकबोलमाध्यमबाट बिक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । 

विकास ऋणपत्र असोज २५ गते शुक्रबार अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ भने असोज २६ गते निष्काशन हुनेछ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन । 

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८८ असोज २६ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।      

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । 

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।      

घटीमा रू ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ रू ५० हजारले भाग लिँदा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved