त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न बैंकलाई समय थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 12:34:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् ।

बैंकहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था व्यवस्था भएपनि यसपाली दशैंको बिदा परेकाले बैंकहरुले समय थप गरेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंक डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेसम्म पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गर्न सक्ने बताए । यससम्बन्धमा राष्ट्र बैंकले शुक्रबार नै निर्णग गरेको उनको भनाई छ । 

यसपालीको कात्तिक ७ गते दशैंको टीका रहेको छ । असोज २८ गतेबाट शुरु भइसकेको दशैंका लागि असोज ४ गतेदेखि ९ गतेसम्म बिदा दिइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved