राष्ट्र बैंकले कहिले सार्वजनिक गर्छ मौद्रिक नीतिको समीक्षा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 02:09:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । त्रैमास सकिएको ३० दिनभित्र समिक्षा गर्नुपर्ने व्यवस्था अनुसार राष्ट्र बैंक समिक्षाको अन्तिम तयारीमा जुटेको राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका लागि अहिले छलफल चलिरहेको सहप्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिएका छन् । यसपाली दशैं बिदाका कारण बैंक तथा वित्तीय संस्थाबाट वित्तीय विवरणपनि ढिला गरी प्राप्त भएको हुनाले मौद्रिक नीतिको समिक्षामा पनि त्यसको प्रभाव परेको उनले जानकारी दिए । 

'बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय विवरण सार्वजानिक गर्न १० दिनको समय थप गरिएको थियो ।' उनले भने, 'त्यसले गर्दा पनि समिक्षाको तयारीमा ढिला भयो ।' वित्तीय विवरणको तथ्यांंक बिनाको समिक्षा अधुरो हुने हुनाले र समिक्षाको महत्वपूर्ण आधार बैंकिङ्ग रिपोर्ट पनि हुने उनको भनाई छ ।

तयारीमा जुटेको राष्ट्र बैंकले समिक्षाको दिन भने यकिन भइनसकेको जनाएको छ । सहप्रवक्ता पोखरेलले तिहार अघि समिक्षा हुने सम्भावना न्यून रहेको बताएका छन् । उनका अनुसार तिहार लगत्तै मौद्रिक नीति समिक्षा सार्वजानिक हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved