अदालतको आदेशपछि ४१ कम्पनीले बुझाए १२ अर्ब ४७ करोड कर (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2023 | 11:14:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले एफपीओको प्रिमियमको आयमा कर लाग्ने, मर्जर तथा प्राप्तिको आयमा कर लाग्ने फैसला गरे बमोजिम आजसम्म झन्डै साढे १२ अर्ब कर उठेको छ। शुक्रबार र शनिबार गरी ४१ संस्थाबाट १२ अर्ब ४७ करोड कर उठेको आन्तरिक राजश्व विभागले जनाएको छ। 

हिजो शुक्रबार ३० संस्थाले ११ अर्ब ३ करोड कर दाखिला गरेमा आज शनिबार थप ११ संस्थाले एक अर्ब ४४ करोड रुपैयाँ बुझाएको आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बिजपाटीलाई बताए। 

विभागकाअनुसार ४१ वटा संस्थाले एफपीओबाट हुने लाभको कर बुझाएका छन् भने ति मध्ये १४ वटा संस्थाले एफपिओ र बार्गेन पर्चेजबाट भएको लाभको कर पनि बुझाएका छन्।  

आर्थिक ऐनमा भएको व्यवस्था बदर गर्न माग गर्दै बैंक तथा बीमाहरुले सर्वोच्चमा दायर गरेको रिट सर्वोच्चको संवैधानिक इजलाशले खारेज गरेको थियो । त्यसपछि कम्पनीहरुले आजसम्म यस्तो कर झन्डै साढे १२ अर्ब बुझाएका हुन्। मङ्सिर मसान्तसम्म कर तिरेमा करमा लाग्ने जरिवाना र ब्याज शुल्क मिनाहा हुने व्यवस्था छ । सोहि अनुसार शनिवार मङ्सिर ३० गते आज यस्तो कर बुझाउनुपर्ने सबै संस्थाले बुझाएका हुन्। 

कुन संस्थाले कुन शीर्षकमा कति  बुझाए कर ?





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved