बैंकिङ्ग प्रणालीबाट धमाधम पैसा खिच्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2023 | 04:56:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । पुस लागेपछि बैंकले तेस्रो पटक बैंकिङ्ग प्रणालीबाट पैसा तान्न लागेको हो । 

बजारमा अधिक तरलता भइरहेको बेला केन्द्रिय बैंकले दुई हप्ता अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम खिच्न लागेको हो । बुधबार पुस ४ गते जारी हुने उक्त निक्षेपको दुई साता (पुस १८ गते) परिपक्व हुनेछ । केन्द्रिय बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । इच्छुक क, ख  र ग वर्गका बैंक तथा वित्तीय संस्थाले २०८० पुस ४ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । 

इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आजै मात्रै १० अर्ब रुपैयाँको निक्षेप बोलकबोल गरेको छ । यसअघि पुस १ गते पनि केन्द्रिय बैंकले १० अर्ब निक्षेप बैकिङ्ग प्रणालीबाट तानेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved