इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूले लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2021 | 04:01:44 PM मा प्रकाशित

laxmi  sunrise bank

इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूले लगानी गर्ने भएको छ । बैंक र इङ्गवा जलविद्युत लिमिटेडबिच अप्पर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धि जेठ ३१ मा सम्झौता भएको हो ।

९.७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९५ करोड रहेको छ । इङ्गवा जलविद्युत लिमिटेडले ताप्लेजुब र पाँचथर जिल्लाको याबबाराक र सिदिबबा गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी रहने भएको हो।

आयोजनामा कुल लागतको ७५% बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५% इङ्गवा जलविद्युत लिमिटेडको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत अमरपुर सवस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै यस कर्जा लगानी पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको जनाएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले नेपालको उर्जा क्षेत्रहरु (सौर्य तथा जलविद्युत) को बिकासको लागि बैंकिङ्ग क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको तथा अग्रढी स्थानमा रही यस बैंकले विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved