हिमालयनका ४२ प्रतिशत सेयरधनीले अस्विकार गरे इन्भेष्टमेन्ट बैंकसँगको मर्जर, अब के हुन सक्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 04:14:52 PM मा प्रकाशित

हिमालयन बैंकका ४२ प्रतिशत सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैकसँगको मर्जर प्रस्ताव अस्विकार गरेका छन्। उपस्थित ८६ प्रतिशतमध्ये ४२ प्रतिशत सेयरधनीहरुले नेपाल इन्भेष्टमेन्ट बैकसँगको मर्जर प्रस्ताव अस्विकार गरेका हुन्। 

हिमालयन बैंकको साधारणसभाको यो नतिजासंगै हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर अब औपचारिक रुपमै बिफल भएको छ। यस नतिजाले गत बैशाखमा मर्जरमा जाने सैद्दान्तिक समझदारी गरेका हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर १० महिनापछि औपचारिक रुपमै  भाँडिएको छ।   

बिशेष प्रस्तावले बैधानिकता पाउनलाई उपस्थिति मध्ये ७५ प्रतिशत सेयरधनीले प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्राबधान रहेको छ।     

हिमालयन बैंकका संस्थापक सेयरधनी तथा अध्यक्ष प्रचण्डमान श्रेष्ठ समुह र कर्मचारी संचय कोषले लिखित रुपमै अहिलेको अवस्थामा मर्जरमा जान नसकिने भन्दै विपक्षमा भोट हालेपछि र केहि सर्वसाधारण सेयरधनीले पनि श्रेष्ठ र कोषलाई साथ दिएपछि मर्जर विफल भएको हो। 

हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र कर्मचारी संचय कोषले अहिलेकै अवस्थामा मर्जरमा जाँदा हिमालयन बैंकका सेयरधनीलाई प्रति कित्ता २२ रुपैयाँ नोक्सानी हुने आधार देखाउदै मर्जरको विपक्षमा मत दिएका हुन्। 

बैंकका अध्यक्ष श्रेष्ठ र कोषले आफुहरु मर्जरको विपक्षमा नरहेको तर अहिलेकै अवस्थामा मर्जर हुँदा हिमालयन बैंकका सेयरधनीलाई प्रति कित्ता २२ रुपैयाँ घाटा हुने आधार देखाउदै आएका छन्।

यस अघि: विफल भयो हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर, संचालकबीच भनाभन

अब के हुन सक्छ ?

दुवै बैंकका मर्जर कमिटिले नेपाल राष्ट्र बैंकलाई डीमर्जको औपचारिक जानकारी गराउनेछन्। त्यसपछि तोकिएको समयभित्र मर्जर गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकले मर्जर विनियमावलीअनुसार दुवै बैंकलाई कारबाही प्रकृया अगाडी बढाउँछ।   

अब दुवै बैंकले कारबाहीबाट बच्न अर्को बैंकलाई मर्जर तथा प्राप्ति नगरेसम्म नेपाल राष्ट्र बैंकले पारित भएको लाभांश वितरण गर्न, शाखा कार्यालय खोल्न, पुनरकर्जा,एसएलएफ जस्ता नियमकीय सुविधा लिन, दोस्रो बजारमा सेयर कारोबार गर्न रोक लगाउनेछ। 

त्यसैले पनि दुवै बैंकले सकेसम्म अर्को बैंकसँग मर्जर तथा प्राप्ति प्रकृयालाई तिब्रता दिनेछन्। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved