नबिल बैंकले प्राप्तिको प्रकृयामा रहेको नेपाल बंगलादेश बैंकका कर्मचारीमाथि गम्भीर आरोप लागेको छ। नबिल बैंकको कर्मचारी युनियनले एक बिज्ञप्ती जारि गर्दै नेपाल बंगलादेश बैंकका कर्मचारीलाई 'पाकिस्तानीको संज्ञा' दिएको हो।
आफुहरुलाई जापानिजको संज्ञा दिंदै नबिल बैंकका कर्मचारी युनियनले नेपाल बंगलादेश बैंकका कर्मचारीलाई भने 'पाकिस्तानीको संज्ञा' दिएको हो।
नबिल बैंकको कर्मचारी युनियन 'नबिल बैंक कर्मचारी संघ' ले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, 'जतिसुकै प्रगतिशील कुराको दुहाई दिए पनि के पाकिस्तानको जनशक्तिको कार्य दक्षताको मिलान जापानको जनशक्तिको कार्य दक्षतासँग तुलना गर्न सकिन्छ ?'
नबिल बैंकले एक तह घटुवा गरेर समायोजन गर्न खोजेपछि नेपाल बंगलादेश बैंकका कर्मचारी केहि महिनादेखि आन्दोलनरत छन्। पटक पटक स्वेच्छिक अवकाश योजना ल्याए पनि नेपाल बंगलादेश बैंकका कर्मचारीले उक्त योजना नरोजेपछि बिशेषगरि नबिल बैंकलाई टाउको दुखाईको बिषय बनेको छ।
नेपाल बंगलादेश बैंकका कर्मचारीमाथि भएको ज्यादतीको बिषयमा राष्ट्र बैंकमा उजुरी परेपछि राष्ट्र बैंकले पनि नबिल बैंकको संचालकलाई डाकेर समान हैसियतमा कर्मचारी समायोजन गर्नलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको निर्देशनपछि नै नबिल बैंकको कर्मचारी संघले यस प्रकारको बिज्ञप्ती निकालेको हो। नबिल बैंकको संचालक समितिले कर्मचारी संघलाई प्रयोग गरि यस्तो बिज्ञप्ती निकालेको आशंका गरिएको छ।
यद्दपी नबिल बैंकका कर्मचारी संघका अध्यक्ष सबिन भट्टराईले भने यो आशंका मात्रै भएको तर यथार्थ नभएको बिजपाटीलाई जवाफ दिएका छन्।
आफुहरु समान हैसियतमा कर्मचारी समायोजन गर्न तयार रहेपनि मर्जर तथा प्राप्ति प्रकृया अगाडी नै नबिल बैंकका कर्मचारीहरुको बढुवा हुनुपर्ने पक्षमा आफुहरु रहेको उनको भनाई छ।
तर समान हैसियतमा कर्मचारी समायोजन गर्न आफुहरु तयार रहेको भनिएपनि मर्जर तथा प्राप्ति अगाडी नै नबिल बैकंको कर्मचारीको मात्रै बढुवा गर्दा फेरी पनि कर्मचारी समायोजनमा समानता नदेखिने निश्चित छ।
यस अघि:
- नेपाल बंगलादेश बैंकका कर्मचारीलाई जागिर छाड्न बाध्य पारिँदै, पठाईयो धम्कीपूर्ण 'चिठी'
- एनबि बैंकले दिएको 'भिआरएस' योजनामा असन्तुष्टि, संघका नेताहरुनै बिकेको कर्मचारीको आरोप
-एनबी बैंकलाई गाभ्ने प्रकृया अगाडी नबढाउन सर्वोच्चको आदेश, कर्मचारीलाई ठुलो राहत
-निरिह बने एनबि बैंकका कर्मचारी, अहिलेसम्मकै 'झुर' स्वेच्छिक अवकाश योजना प्रस्ताव
- के एनबि बैंकमा कर्मचारीको आन्दोलन तुहिएको हो ?
- सीईओसँगको छलफल निष्कर्षविहिन: आन्दोलनको तयारीमा एनबि बैंकका कर्मचारी
- एनबी बैंकमा कर्मचारीले सीइओ घेरे: पाण्डेले नसकेपछि पूर्व सीईओले विवाद मिलाउदै