बिओकेको नगद फिर्ता योजना चाडपर्व पश्चात् पनि कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2022 | 08:22:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्वको अवसरमा ल्याएको २५ प्रतिशत नगद फिर्ता  योजनालाई चाडपर्वपछि पनि निरन्तरता दिने भएको छ ।   बैंकले चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबारमा २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको हो । 

बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहक महानुभावहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५% वा रु. १५० सम्मको नगदफिर्ता पाउने छन् । यस नगदफिर्ता योजना २०७९ साल कार्तिक १५ गते मंगलबारबाट २०७९ साल कार्तिक ३० गते बुधबारसम्म मात्र रहने बैंकले जनाएको छ ।

ग्राहकहरुलाई विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात् पनि २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ । विद्मुतिय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको जनाएको छ ।

बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट  सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved