आजबाट वाणिज्य बैंकको संख्या २१ कायम: सिभिललाई प्राप्तिपछि हिमालयनको एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 08:28:53 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरी  आज १२ गते शुक्रबारका दिन देखि एकिकृत कारोबार सुरु गरेको छ ।  प्रप्त्तिपछि "हिमालयन बैंक लिमिटेड" नामबाट “क” वर्गको इजाजत प्राप्त बैंकको रुपमा एकिकृत कारोबार सुरु भएको हो । यस सँगै नेपालमा वाणिज्य बैंकको संख्या २१ कायम भएको छ  ।

प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं २८ कमलादी, काठमाडौमा रहेको छ। प्राप्ति पश्चात बैंकको कुल पुँजी ३४ अर्ब, कुल निक्षेप २७४ अर्ब, कुल कर्जा २५० अर्ब, तथा शाखा संजाल १८९ पुगेको छ ।

 एकिकृत कारोबार पश्चात सिभिल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने हुँदा आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिनुहुन बैंकले अनुरोध गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved