घाटाको ब्यापार गर्न बैंकहरु बाध्य, अहिलेसम्मकै सस्तो ब्याजमा १० अर्ब लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2023 | 09:29:12 AM मा प्रकाशित

laxmi  sunrise bank

बैकिङ्ग प्रणालीमा पैसा थुप्रिएकाले बैंकहरु औषत लागत (आधार दर) भन्दा सस्तो ब्याजमा कर्जा लगानी गर्न बाध्य भएका छन्। बिहिबार नेपाल सरकारलाई अहिलेसम्मकै सस्तो ब्याजमा दश अर्ब कर्जा दिएको कुराले यो बिषय पुष्टि गरेको हो। 

सरकारले ६ वर्षका लागि १० अर्ब ऋणका लागि राष्ट्र बैंक मार्फत आह्वान गरिएको विकास ऋणपत्रमा कबोलेको ब्याजले प्रणालीमा पैसा थुप्रिएपछि घाटामै ब्यापार गर्न बाध्य भएको देखिएको छ। सरकारलाई बैकहरुले ६ वर्षका लागि ६.३५ प्रतिशत ब्याजमा १० अर्ब कर्जा दिएका हुन्।  

१० अर्ब कर्जाको लागि २८ वटा बैंक वित्तीय संस्थाबाट २९ अर्ब ४७ करोडको प्रस्ताव गरिएको छ। त्यसमा पनि न्युनतम ब्याज २.६५ र अधिकतम १०.९३ प्रतिशत ब्याज प्रस्ताव गरिएको छ। 

प्रणालीमा रहेको पैसाको औषत लागत ८ प्रतिशत हाराहारी रहेको अवस्थामा ६.३५ प्रतिशतमै सरकारलाई लगानी गर्न तयार रहनुले आगामी दिनमा बैंकहरुलाई ब्याज घटाउन दबाब रहने जानकारहरुको भनाई छ। २०८० असार २० गतेसम्मको कर्जा निक्षेप अनुपात तथा अन्य सूचकलाई आधार मान्दा बैंकिंङ प्रणालीमा ३ खर्ब ९४ अर्ब रहेको छ।  

सरकारका लागि राष्ट्र बैंकले बिहिबार चालु आर्थिक वर्षको अन्तिम आन्तरिक ऋण उठाएको हो । विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो। हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् । नेपाल सरकारलाई आवश्यक पर्ने आन्तरिक ऋण राष्ट्र बैंकले उठाउने गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved