सिटिजन्स बैंकको कार्ड हुनेले गुरु ट्राभल्सबाट अन्तराष्ट्रिय भ्रमण गर्दा १० हजारसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 04:40:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, काठमाडौंस्थित गुरु ट्राभल्स लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले गुरु ट्राभल्स लिमिटेड मार्फत विभिन्न अन्र्तराष्ट्रिय भ्रमण प्याकेजहरु लिदा रु १० हजारसम्मको छुट पाउने भएका छन् । 

यसका साथै गुरु ट्राभल्सको सिफारिसमा डलर÷ट्राभल्स कार्ड बनाउन आउने ग्राहकहरूलाई बैंकले कार्ड जारी शुल्कमा आकर्षक छुट दिने जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved