एनआईसी एशिया बैंकका साधारण सभा सम्पन्न, ३०.५२ प्रतिशत लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2023 | 04:44:30 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइ सी एशिया बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आइतबार सम्पन्न सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ३०.५२६३ प्रतिशत लाभांश पारित गरेको छ । 

बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) समेत गरी कुल ३०.५२६३ प्रतिशत लाभांश (रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । 

बैंकको उक्त बोनश शेयर पारित भएसँगै् बैंकको कुल चुक्ता पूँजी रू. १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ पुगेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९्८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६३१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । 

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको जनाएको छ । त्यस्तै बैंकले गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved