यी हुन् सानिमा बैंकका १४ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 12:57:16 PM मा प्रकाशित

laxmi  sunrise bank

क वर्गको वाणिज्य बैंक सानिमा बैंकमा अरुण कुमार ओझाको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । ओझाको बैंकमा ७.९५ प्रतिशत अर्थात ९८ लाख ९१ हजार ३ सय २३ कित्ता सेयर रहेको छ । 

त्यस्तै दोस्रो ठूला सेयरधनी टेकराज निरौलाको ६.८१ प्रतिशत अर्थात ८४ लाख ८३ हजार ५ सय ५० कित्ता सेयर लगानी रहेको छ । तेस्रो ठूला सेयरधनी जीवा लामिछानेको ५.५१ प्रतिशत अर्थात ६८ लाख ६७ हजार २ सय ९४ कित्ता सेयर लगानी छ । बैंकमा सन नेपाल लाईफ इन्स्योरेन्सको ४.५० प्रतिशत अर्थात ५६ लाख १० हजार कित्ता सेयर लगानी छ । 

त्यस्तै, विनय कुमार श्रेष्ठको ४.३८ प्रतिशत अर्थात ५४ लाख ६० हजार ६ सय ९ कित्ता, कर्मचारी सञ्चय कोषको ४.२८ अर्थात ५३ लाख ३३ हजार ९ सय ६० कित्ता, अमला इन्भेष्टमेन्ट प्रालीको ३.९७ प्रतिशत अर्थात ४९ लाख ४७ हजार ३ सय २३ कित्ता, घनश्याम थापाको ३.५० प्रतिशत अर्थात ४३ लाख ५७ हजार १ सय ७६ कित्ता, खेमराज लामिछानेको ३.५० प्रतिशत अर्थात ४३ लाख ५६ हजार २ सय ६५ कित्ता र रामकृष्ण शाहको नाममा २.४९ प्रतिशत अर्थात ३१ लख ५ हजार ८ सय २७ कित्ता सेयर छ । 

त्यस्तै जय गणेश इन्भेष्टमेन्ट प्रालीको ०.९५ प्रतिशत अर्थात ११ लाख ८७ हजार १ सय ७३ कित्ता, दिलीप श्रेष्ठको ०.७६ प्रतिशत अर्थात ९ लाख ४५ हजार ६ सय ४५ कित्ता, शाम्बा लामाको ०.७१ प्रतिशत अर्थात ८ लाख ८५ हजार ६ सय ३७ कित्ता सेयर र गीता क्षेत्रीको ०.६३ प्रतिशत अर्थात ७ लाख ८१ ह्जार ६ सय ३५ कित्ता सेयर स्वामित्व रहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved