कर्णालीमा सिटिजन्स बैंकको १० शाखा मार्फत अत्याधुनिक सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 04:30:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेशनलले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरु माफर्त करिब ७७ हजार मानिसलाई आधुनिक बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ । स्थापनाकाल देखिनै बैंकले कर्णाली प्रदेशको बैंकङ विस्तारलाई विशेष प्राथमिकता दिदै आएको जनाएको छ । 

बैंकले हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट सहित नाम्खा र सार्केगाड एवं डोल्पाको दुनै र जुफाल लगायत मुगुको गमगढी, जाजरकोटको खलङ्गा र सुर्खेतको विरेन्द्रनगर शाखा मार्फत बैँकिङ  सुविधा प्रदान गर्दै आएको उल्लेख गरेको छ । 

यसका साथै सिटिजन्स बैंकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि , पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउदै आएको छ । 

बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved