यी ३ कारणले घट्यो बैंकको नाफा, मन्दी मात्र नभई राष्ट्र बैंक पनि उत्तिकै जिम्मेवार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 08:21:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमा गत आर्थिक वर्षको पुष महिनाको तुलनामा  हिमालयन, प्राइम, एभरेष्ट र कृषि विकास बैंक बाहेक सबै वाणिज्य बैंकको नाफा घटेको छ। 

चार बैंकको नाफा केहि प्रतिशतले घटेपनि एक दर्जन बैंकको नाफा ११ प्रतिशत भन्दा धेरैले घटेको छ। सबैभन्दा बढी नेपाल बैकको ४९ प्रतिशतले नाफा घटेको छ। 

कमर्शियल बैकहरुको नाफामा गिरावट आउनुमा तीन महत्त्वपूर्ण कारण भएको एक बैंकका रिकभरी प्रमुखले बताए। उनकाअनुसार नाफा घट्नुमा मुलत बैंकहरुले लिने र दिने ब्याजको अन्तर अर्थात स्प्रेड रेट, पिडादायक असुलीको अवस्थामा अहिलेको प्रोभिजनको व्यवस्था, र सबै प्रकारका गैर ब्याज आम्दानीका शिर्षकमा राष्ट्र बैंकको नियमन हुन्। 

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षसम्म कायम ४.४ प्रतिशतको स्प्रेड रेटलाई घटाएर चालू आर्थिक वर्षको साउनदेखि ४ प्रतिशतमा झारेको छ। यसो हुँदै हिजोकै कर्जामा शुन्य दशमलब ४ प्रतिशतले नाफा घट्ने तर खर्च उस्तै रहने अवस्था बनेपछि बैंकहरुको नाफामा ठुलो असर परेको हो। 

राष्ट्र बैंकले स्प्रेड रेट शुन्य दशमलब ४ प्रतिशतले घटाउदा हिजो कुल लगानी ४०० अर्ब गर्ने बैंकको नाफा एक वर्षमा १ अर्ब ६० करोड र ६ महिनामा ८० करोडले घटेको छ। यसले पनि बैंकहरुको मुनाफामा ठुलो असर परेको छ। 

उही जोखिम र उही लगानीमा नाफा बढाउँन स्प्रेड रेट बढाउने वा खर्च घटाउने दुई विकल्प हुन्छन तर बैंकले अत्यावश्यक खर्च घटाउन सकेनन भने राष्ट्र बैंकले भनेपछि स्प्रेड रेट घटाउन पर्यो। यो अवस्थामा अहिले बैकको नाफा घट्नु स्वाभाविक हो। 

नाफा घट्नुमा पिडादायक असुलीको अवस्थामा अहिलेको प्रोभिजनको व्यवस्था अर्को महत्त्वपूर्ण कारण हो। अर्थतन्त्र नै आर्थिक मन्दीमा चपेटामा परेको बेला अधिकांश ऋणी कर्जाको सावाँ ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका छन्। तर यहि बेला नेपाल राष्ट्र बैकले प्रोभिजनमा एक दम कडाई गरेको छ। यतिसम्म कि कर्जा दिएकै दिन दिएको कर्जाको १.२५ प्रतिशत रकम प्रोभिजन गर्नुपर्ने हुन्छ। भने अर्कोतर्फ पुष मसान्तमा कर्जाको जे स्ट्याटस हुन्छ त्यसको ६ महिनासम्म अर्थात असार मसान्तसम्म पनि त्यहि अवस्था रहने राष्ट बैकको व्यवस्था छ।  यसले पनि सबै जसो बैंकमाथि प्रोभिजनको भार थोपरिएको छ। जसले गर्दा नाफामा ठुलो असर परेको छ। 

अहिले आर्थिक मन्दीको चपेटामा सिंगो देश नै पर्दा बैकबाट कर्जा लिने आम सर्वसाधारण तथा उद्योगी व्यवसायी कर्जाको सावाँ ब्याज नियमित तिर्न नसक्ने अवस्थामा पुगेका छन्। जसले गर्दा पुष मसान्तमा धेरै ऋणीहरु आफ्नो प्रतिबद्दता पुरा गर्न असमर्थ भएका छन्। पुष मसान्तमा कर्जाको जे जस्तो स्ट्याटस हुन्छ, असार मसान्तसम्म पनि यहि अवस्था कायम रहने भएपछि प्रोभिजनको हिस्सा बढ्न पुगेको हो। कमाएको पैसाको ठुलो हिस्सा प्रोभिजनको लागि छुट्याउनुपर्दा बैकको नाफा घटेको हो। 

ब्याजबाट हुने आम्दानी, स्प्रेड रेट पनि घटाईदिएको र प्रोभिजन पनि गर्न लगाएको व्यवस्थाले घटेको नाफालाई राष्ट्र बैंकले गैर बैंकिङको शिर्षकमा गरेको नियमन र कडाईले थप घटाएको बैंकरको विश्लेषण छ। 

विगतमा एटिएम, चेक, कार्ड, जस्ता शिर्षकबाट एक प्रकारको आम्दानी हुँदा त्यसले बैंकको नाफा केहि भएपनि बढेको तर अहिले गैर बैंकिंङ शिर्षकका अधिकांश सेवा निशुल्क गरिएकाले नाफा प्रभावित भएको ति बैंकरको भनाई छ। 

"खर्च घटाउनलाई शाखा बन्द गर्न तथा कर्मचारी घटाउन नपाएपनि नाफा बढाउँन बिभिन्न शिर्षकमा शुल्क लिन पाउने व्यवस्था भएको भए सेवा पनि गुणस्तरीय हुने र बैंकको आम्दानी थोरैले भएपनि बढ्न सक्ने अवस्था बन्थ्यो तर त्यो पनि रहेन" ती बैंकरले भने।

यस अघि : २० मध्ये ४ वटा बैंकको मात्र नाफा बढ्यो, १२ बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक (सूचीसहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved