प्रेस स्वतन्त्रता दिवस : औचित्य र आवश्यकता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 03, 2018 | 07:19:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भावना तामाङ 

आज विश्व प्रेस स्वतन्त्रता दिवस । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेपछि युनेस्कोले हरेक वर्ष मे ३ का दिन विश्वभर यो दिवस मनाउँदै आएको छ ।  नामिवियाको राजधानी विण्डहोकमा पहिलोपल्ट विण्डहोक डिक्लेरेशन जारी गरे पश्चात हरेक बर्ष सोहि दिन पारेर यो दिवस मनाउने गरिन्छ । हरेक वर्षझै यो वर्ष पनि विश्वभरी हर्साेल्लासका साथ पत्रकारहरु तथा प्रेस स्वतन्त्रताका पक्षधरहरुले यो दिवस मनाएका छन् । किपिंङ्स पावर इन चेक मिडिया, जष्टिस एण्ड द रुल अर्थात  ‘शक्तिको निगरानी ः सञ्चारमाध्यम, न्याय र विधिको शासन’ भन्ने नारालाई आत्मसाथ गर्दै प्रेस दिवस मनाईएको छ ।

समाजको ऐनाको रुपमा प्रेसलाई हेरिन्छ । अझ भनौ प्रेस भनेको समाजको वाच डग हो, समाजको हरेक गतिविधिहरुको निगराजी राख्ने, बेखवर भएकाहरुलाई जानकारी गराउने, निदाएकाहरुलाई ब्यूझाउने, लुकेर बसेको सत्य तथ्यलाई सार्वजनिक गर्ने जीम्मेवारी प्रेसको हुन्छ । चौतर्फी रुपमा छरिएर रहेको सूचना जानकारीलाई एकत्रित गर्दै समाजमा आवश्यक पर्ने जानकारी प्रसारित गर्नको लागी प्रेस हरदम हरपल तयार रहन्छ । एक खालको छुट्टै जीम्मेवारी बोकेको प्रेसले समाजको वास्तविकतालाई समाज समक्ष नै दर्शाउनै पर्दछ । यो एउटा असल प्रेसको कर्तव्य पनि हो अनि धर्म पनि । प्रेस दिवसले नेपाली पत्रकारिता जगतमा पनि राम्रै स्थान लिन सफल भएको छ ।

भन्नलाई त नेपालमा पत्रकारहरुलाई राज्यको चौथो अगं पनि भन्ने गरिएको छ । यो चौथो अगंको उपनामले कत्तिको न्याय पाइरहेको छ यसको मूल्याङ्कन न हिजो भएको थियो न आज भएको छ । खाली भन्नलाई चौथो अंग भनिन्छ मात्रै । त्यो उपनामले कतिमा अहमता ल्याएको पनि छ, तर कतिलाई आफ्नै उपनामले लज्जित बनाएको छ । पत्रकारले प्राप्त गर्ने सेवा सुविधा, सुरक्षादेखि लिएर लेखन तथा वाक स्वतन्त्रतालाई पनि ख्याल गर्नुपर्ने हुन्छ । सूचनाको हक र गोपनियताको हक साधारण नागरिक होस या पत्रकार अथवा जुनसुकै ओहदाको व्यक्ति किन नहोस सबैलाई बराबर हुन्छ । यी सबै कुराहरुमा पत्रकार भने अलि लचिलो भईदिनुपर्ने देखिन्छ । आफूलाई जोखिममा राखेर भएपनि जनता समक्ष सूचना पु¥याउनुपर्ने हुन्छ । यति हुँदाहुदै पनि पत्रकारहरुमाथि बेलाबखत आरोपप्रत्यारोप लागीरहन्छ । यति मात्रै होईन कतिपय अबस्थामा पत्रकार माथि नै आक्रमण पनि भएका छन् । आन्दोलन भईरहँदा फोटो खिच्न गएको पत्रकार कुटिन्छ, कुनै अपराधिको फोटो खिच्न जाँदा पत्रकारले लात्ति खानु परेको छ । यस्ता धेरै उदाहरणहरु छन् पत्रकारमाथी भए गरेका ज्यादतीका ।

नेपाली समाजमा पत्रकारीता पेसालाई कुनै संघसंस्थाको झोला बोकाउने काम पनि नभएको चाँहि होइन । अझ भन्नुपर्दा राजनीतिक पार्टीको सूचना अधिकारीको जस्तो नेपाली मिडियाहरु खुल्ने गरेको देखिन्छ । पत्रकार स्वतन्त्र र निष्पक्ष हुनुपर्दछ भन्ने मान्यतालाई सरासर गलहत्याइको देखिन्छ यो कार्यले । पत्रकारीतालाई कतै झोले पत्रकारीताको संज्ञा दिइएको छ भने कतै मिसन पत्रकारीताको रुपमा प्रयोग गरिएको छ । वास्तवमा वर्तमान समयमा नेपालमा यस्तै भैरहेको छ । यस्ता कार्यहरुले एकातिर पत्रकारको स्वतन्त्रतालाई हनन् गरिरहेको छ भने अर्काेतिर समाजप्रति निष्पक्ष बन्न सकेको छैन । आखिर किन हुदै छ त पत्रकारीता क्षेत्रमा यस्तो क्रियाकलाप ? सबैले सोच्ने हो कि ?

नेपाली पत्रकारीता जगतमा पत्रकारहरुलाई पालिन सक्ने लगानी सरकार पक्षबाट हुन सकेको छ कि छैन ? राज्यको चौथो अगंको उपनाम दिएर मात्र पत्रकारीता जगतलाई चलाउन सकिन्छ र ? निजी स्तरबाट सञ्चालनमा आएका मिडियाहरुले मिडिया चलाउनकै लागी भए पनि संघसस्थाको झोला बोक्न तयार हुनुपर्ने देखिन्छ । च्याउ सरह खुलेका सञ्चारका नामका निजी संस्थाहरुको आफ्नै पीडा छ । सूचनाको दर्विलो माध्यम बनेको सञ्चार क्षेत्र सिंहदबारमा मात्रै केन्द्रित हुन सक्दैन । अब यो अवस्थामा प्रेस दिवस मनाइरहदा कस्तो खालको नाराले स्थान पाउला त नेपाली पत्रकारीता जगतमा ? आउदा दिनहरुमा यी विभिन्न समस्या र चूनौतिहरुलाई चिर्न सक्ने क्षमता नेपाली पत्रकारीता जगतले सिर्जना गर्न सकोस, स्वतन्त्रता र कर्तव्यलाई उचित स्थानमा सहि रुपमा प्रयोग गर्ने आँट क्षमताको वृद्धि होस पे्रस दिवसको अवसरमा प्रेस स्वतन्त्रताका पक्षपातीहरुमा शुभकामना ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved