जलवायु परिवर्तनबाट हुने जोखिम न्यूनीकरणमा योगदान दिदै कृषि व्यवस्थापन सूचना प्रणाली

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 11:45:35 AM मा प्रकाशित

laxmi  sunrise bank

शिव नन्दन प्रसाद शाह

नेपाल जलवायु परिबर्तनबाट हुन सक्ने जोखिमको दृष्टीकोणले एक अति सम्वेदनशील मुलुकमा पर्दछ र जलवायु परिवर्तनको असरले आक्रान्त बनिरहेको छ ।  नेपालको एक तिहाई भन्दा बढी जिल्लाहरुमा जलवायु प्रकोप जस्तै: बाढी, पहिरो, डुबान, कटान, असिना, खडेरी, शीतलहर, तापलहरले गर्दा ठूलो जनधनको क्षति भएको विवरण देखिन्छ र बर्षेनी लाखौ हेक्टर भन्दा बढी कृषि योग्य जमिन जलवायु प्रकोपबाट प्रभावित भएको छ।  यी कुरालाई मध्यनजर गर्दै माटो, पानी तथा मौसमको पूर्व सूचना प्रणालीको (EWS) प्रयोगले प्रतिकुल मौसमको असरलाई न्यूनीकरण गर्दै किसानलाई जलवायु मैत्री बनाउनु आजको आवश्यकता हो  

कृषि ब्यबस्थापन सूचना प्रणाली (Agriculture Management Information System-AMIS) को स्थापना कृषि विकास मन्त्रालय अन्तर्गत जल तथा मौसम विज्ञान विभाग, नेपाल कृषि अनुसन्धान परिषद (नार्क) संगको सहकार्यमा संचालित छ ।  यो आयोजनाको मुख्य उद्देश्य नेपालको कृषि ब्यवस्थापन सूचना प्रणालीलाई स्थापित गरी वातावरण परिवर्तनबाट देखिएका प्रतिकूल असरहरुबाट कृषि क्षेत्रमा पर्ने सक्ने जोखिमलाई Information & Communication Technology को माध्यमबाट न्युनिकरण गर्ने र अनुकुलनात्मक वातावरणलाई सहजीकरण गर्न कृषिसंग सम्वन्धित जलवायु सूचनाहरु Early Warning System अन्तर्गत कृषक समुदाय तथा सरोकारवालाहरुलाई सूचना प्रवाह गर्ने रहेको छ। यो आयोजना विभिन्न २५ जिल्लामा परिक्षणको (Piloting) रुपमा कार्यान्वयन भएको छ। यस आयोजनाले जलवायु प्रभावित किसान समुदायहरुलाई कृषि व्यवसथापन सूचना प्रणाली मार्फत मौसमी सूचना दिनुको साथै  कृषक, कृषक समुदाय तथा सरोकारवालाहरुलाई पूर्व सूचना प्रणाली अन्तर्गत कृषिसंग सम्बन्धित सल्लाह/सुझाब प्रवाह गर्ने, किसानको तथ्यपरक  निर्णय गर्ने क्षमतामा अभिवृद्धि गर्ने, कृषिको लागि अनुकुलनात्मक मौसमको बारेमा सहि समयमा उपयुक्त सल्लाह, सुझाब  दिएर कृषि उत्पादनमा बृद्धि गर्ने लक्ष्य लिएको छ।  यस आयोजनाले कृषि, जलवायु तथा प्रविधि जडित जानकारीमुलक सामग्रीहरुको उत्पादन, प्रचारप्रसार, उत्पादकत्व बृद्धिका लागि नमूनाका रुपमा २५ जिल्लाहरु-झापा, संखुवासभा, धनकुटा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, दोलखा, महोत्तरी, धादिंग, काभ्रेपलान्चोक, बारा, चितवन, कास्की, पाल्पा, रुपन्देही, मुस्ताङ्ग, रुकुम, दाङ, जुम्ला, सुर्खेत, बाँके, डोटी, कैलाली र दार्चुलामा Kisan Call Centre, Digital Display Board, SMS, Interactive Voice Response, Mass Media तथा छपाई सामग्रीहरुको प्रयोगगरी सेवा प्रवाह गरिरहेको छ   यसबाट अन्य जिल्लाहरुमा पनि Web Portal (www.namis.gov.np) मार्फत कृषिसंग सम्बन्धित आवश्यक सूचनाहरु प्राप्त गरिरहेका छन् ।  

आयोजनाबाट स्थानीय स्तरमा  प्राप्त हुने सेवाहरु:

Ø  किसान कल सेन्टर

Ø  Website (www.namis.gov.np)

Ø  मोबाइल एपहाम्रो कृषि

Ø  एस.एम.एस सेवा- कृषि इन्फो

Ø  किसान सिम कार्ड

Ø  कृषि मौसम सल्लाह सेवा बुलेटिन

 

किसान कल सेन्टर मार्फत किसानहरुले तल उल्लेखित जानकारी Toll Free number मार्फत  प्राप्त गर्न सक्छन

Ø  स्थानीय स्तरका कृषि तथा मौसम सम्बन्धी जानकारी

Ø  उन्नत खेती तथा पशुपालन प्रविधि

Ø  उन्नत वीउमल

Ø  जलवायु मैत्री खेति प्रविधि

Ø  कृषि मौसम सल्लाह सेवा बुलेटिन

Ø  बाली तथा पशु बिमा

Ø  मोबाइल एप्स, एस.एम.एस जिज्ञासा

Ø  मौसमको पूर्वानुमान सम्बन्धी जानकारी

Ø  अन्य प्राविधिक सेवा 

 

हाम्रो कृषिमोबाइल एप्लिकेसन (“Hamro Krishi” Mobile apps)

 यस एपबाट किसानले कृषि मौसम सम्बन्धी जानकारी, कृषि र प्रविधि, जिल्ला कृषि र पशु सेवा कार्यालयका सम्पर्क नम्बरहरु,  कृषि तथा पशु बीमा अभिकर्ता सम्बन्धी जानकारीहरु र अन्य सफलताका कथाहरु प्राप्त गर्न सक्छन।  त्यस्तै, खाद्यान्न, पशुपालन, तरकारी, फलफूल, तेलहन लगायत सबै बालीका बारेमा प्रश्न-उत्तर शैलीमा जानकारी समेत यसमा उपलब्ध छ।  किसानले सधैभरि इन्टरनेट प्रयोगगर्न नसक्ने भएकोले, इन्टरनेट भएका स्थानमा पुगेर मोबाइलबाट एकपटक download गरी Install गरेपछि offline मा समेत कृषि र पशुपालन सम्बन्धी जानकारी प्राप्त  गर्न सक्छन  ताजा जानकारीको लागि कम्तिमा हप्ताको एकपटक update गरेपछि नियमित रुपमा जानकारी प्राप्त गर्न सकिनेछ।

 AMIS Website (www.namis.gov.np): यस website मार्फत कृषि व्यवस्थापन सूचना प्रणाली संग सम्बन्धित सूचना, समाचार, प्रकाशन, प्रतिवेदन, अनुसन्धान तथा तथ्यांक, कृषि मौसम सल्लाह सेवा बुलेटिन, बारम्बार सोधिने प्रश्नहरुको संगालो   (Frequently Asked Questions), मौसम पूर्व अनुमान (Weather Forecast), कृषि बिमा सम्बन्धी जानकारी,  सम्बन्धीत भिडीयो लिंक्सहरु प्राप्त गर्न सकिन्छ ।  यसका साथै आयोजनाको काम र आयोजनाले काम गर्ने नमुना जिल्लाको जानकारी, जिल्ला सम्पर्क ब्यक्तीको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।  यो website नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ ।  

कृषि-इन्फो एस.एम.एस सेवा (Krishi_Info SMS)

Ø  यो सेवा अन्तर्गत किसानहरुले घरमै बसेर कृषि-मौसम र कृषि तथा पशुपालन सम्बन्धी जानकारी प्राप्त गर्न सक्छन ।  

Ø  उदाहरणको लागि जुन किसानसंग फोन तथा अन्य सूचना प्रविधिको पहुंच छ उनीहरु सहजै कृषि-मौसम, कृषि उत्पादन आदिको सूचनासंग जोडिन सक्छन् ।  उनीहरुले समयमै आवश्यक सूचना प्राप्त गरी सहि समयमा बाली लगाउने समय, मल र खाद्य व्यवस्थापन, सिंचाई, बाली विरुवाको शत्रु तथा तिनको रोकथाम आदि कुरामा सहि निर्णय गर्न सक्छन ।  

Ø  तसर्थ सूचना तथा संचार प्रविधिले किसानलाई जलवायु परिवर्तनले पार्न सक्ने प्रतिकुल असरहरुको  न्यूनीकरण गर्न ठूलो भूमिका खेल्छ ।  यसका लागि किसानलाई कृषि-इन्फोनामबाट पूर्व सूचना प्रणाली अन्तर्गत एसएमएस पठाइन्छ ।  

Ø  यो सेवा प्राप्त गर्न आयोजना लागू भएका २५ जिल्लाका जि.कृ.वि.का र जि..से.का मा आफ्नो मोबाइल न दर्ता गराउन सक्नुहुन्छ ।  

 

साप्ताहिक कृषि -मौसम सल्लाह सेवा बुलेटिन

 कृषकहरूलाई आफ्नो बाली, पशुपालनमा गर्नुपर्ने आवश्यक क्रियाकलापहरूलाई समेटेर आगामी हप्तामा हुनसक्ने मौसमलाई मध्यनजर गरी प्रत्येक हप्ता यो बुलेटिन विज्ञ समूहहरुको परामर्शबाट तयारगरी प्रकाशन गरिन्छ ।  यसरी सम्बन्धित जिल्लाका कृषकहरुले  सम्बन्धित जिल्लाको मौसमी तथ्यांक, मौसमी विवरण, धान, गहुँ, मकै जस्ता मुख्य बाली लगायत अन्य बालीहरु जस्तै फलफूल बाली, कोसेबाली, तेलहन बाली, तरकारी बाली, घाँसे बाली एबम् पशुपालनमा देखिएको समस्याको आधारमा साप्ताहिक  कृषि सल्लाह/सुझाब बुलेटिन  प्रबाह  गरिन्छ ।  

लेखक  जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तर्गतको कृषि व्यवस्थापन सूचना प्रणालीका राष्ट्रिय आयोजना निर्देशक हुन्  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved