ओपोले पायो ‘ईआईएसए एडभान्स्ड स्मार्टफोन अवार्ड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 02:41:03 PM मा प्रकाशित

laxmi  sunrise bank

‘ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०-२०२१’ उपाधि ओपो फाइन्ड एक्सटू प्रोले प्राप्त गरेको छ । यूरोपियन ईमेज एण्ड साउन्ड एसोसिएशन (ईआईएसए)ले ओपो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०-२०२१’ उपाधि प्रदान गरेको हो ।

इआईएसएले ओपोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइन्ड एक्सटू प्रोमा अत्याकर्षक डिजाइनको प्रयोग गरिएको छ, टाक्टाइल भेगन लेदर फिनिस सहितको डिजाइन अझ विशेष भएको उल्लेख गरेको छ । 

‘ईआईएसएद्वारा पहिलो पटक ओपो फाइन्ड एक्सटू प्रोका लागि यो एवार्ड पाउँदा हामी निकै गौरवान्वित छौँ । हाम्रा प्रयोगकर्तालाई समग्र फाइभजी अनुभव प्रदानगर्ने लक्ष्यका साथ हामी आफ्ना उत्पादनमा स्क्रिन, फोटोग्राफी, चार्जिङ, ब्याट्री लाइफ र डिजाइन लगायत हरेक पक्षमा निरन्तर नव प्रबर्तन पस्कने प्रयासमा छौँ । स्पष्ट, सहज र ब्यवसायिक ओपो फाइन्ड एक्सटू सिरिजले स्मार्टफोन उद्योगकै क्षेत्रमानयाँमानक प्रस्तुत गरेको छ । यसले मोबाइल अन्तरक्रिया, डिस्प्ले अनुभव लगायतलाई फाइभजी यूगकालागि नयाँ प्रस्तुति पस्केको छ’, ओपो वेस्टर्न यूरोपका अध्यक्ष म्यागी छ्यूले भने ।

ओपो फाइन्ड एक्सटू प्रोमा बजारकै सर्वोत्कृष्ट गुणस्तरको १२०एचजेड रिफ्रेस रेट सहितको क्यूएचडी+ एमोलेड स्क्रिन जडान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ईआईएसए मल्टिमिडिया प्रविधिका विशेषज्ञहरुको विश्वकै बृहत्त स्वतन्त्र सहकार्य हो । यसले कञ्जुमर ईलेक्ट्रोनिक्स बजारका क्षेत्रमा पृथक वैश्विक दृष्टिकोण प्रस्तुत गर्ने जनाइएको छ ।

 विगत ४० बर्षदेखि ईआईएसए अवार्डले कञ्जुमर टेक्नोलोजी खरिदका लागि उपभोक्तालाई विशिष्ट स्वतन्त्र सिफारिस प्रदानगर्दै आइरहेको जनाइएको छ । 

२९ देशका फोटोग्राफी, होम थिएटर भिडियो, होम थिएटर अडियो, हाईफाई, ईन(कार र मोबाइल ईलेक्टोनिक्स म्यागेजिन र वेभसाइटको प्रतिनिधित्व गर्ने ६१ जना विशेषज्ञको टोलीले ईआईएसए अवार्डका लागि विजेताको छनोट गर्ने गर्छन् । यसमा सम्मिलित विशेषज्ञ टोलीले स्वतन्त्ररुपमा काम गरेतापनि ईआईएसएको छत्र अन्तर्गत सहकार्य गर्छन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved