ओपोद्वारा ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशनको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2021 | 01:14:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशन को घोषणा गरेको छ । ओपोले यसमार्फत टेक स्टार्टअप्स र नवप्रर्तनात्मक योजनाहरुलाई यस बर्षको आफ्नो अन्तरराष्ट्रिय ईभेन्टमा आवेदनका लागि निमन्त्रित गरेको हो ।

ओपोले अन्तरक्रियात्मक वर्कशप्स, नेटवर्किंग क्रियाकलाप, आकर्षक उपहार र अमूल्य लगानी अवसरका साथमा यस बर्षको प्रतियोगिता ‘सेन्सेशन एण्ड परसेप्शन’ अवधारणाका साथै कनेक्टेड कार प्रणाली, ईमर्सिभ एक्स्पेरियन्स (एआर÷भीआर तथा गेमिंग) र रोबोटिक्स गरी तीन उप विषयवस्तु माथि आधारित हुने जानकारी दिइएको छ ।

ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशनले उद्यमशिलता र नयाँ पुस्ताका नवप्रबर्तनका लागि अन्तर्राष्ट्रिष्य मञ्चको कामगरोस् भन्ने ओपोको उद्देश्य रहेको जनाइएको छ । 

सहभागिताका लागि योग्यता :

प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो ब्यक्तिगत वा संस्थागत जानकारी सहित आवेदन बुझाउनु पर्नेहुन्छ ।

एक वा बढी थिम्सको छनोट गरी ‘सिडिंग गु्रप’ वा ‘ग्रोइंग गु्रप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्नेछ । प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरिक्षण जारी रहनेछ । 

कार्यक्रम तालिका :

प्रारम्भिक स्क्रिनिंगः २०२१÷०६÷०१ ( २०२१÷०८÷०१

फाइनलिस्ट धोषणाः २०२१÷०८÷०७ ( २०२१÷०८÷०८

निर्णायक ईभेन्ट मिति ः २०२१÷०८÷१४ ( २०२१÷०८÷१५



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved