शाओमीले गर्यो नेपालमा रेडमी नोट १० एस लन्च, यस्तो छ विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2021 | 03:18:48 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीले नेपालमा रेडमी नोट १० एस लन्च गरेको छ । शाओमीले क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५(अन्तरिम) को साथमा उपलब्ध हुने रेडमी नोट १० एस को लन्च गरेको हो । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “रेडमीमा हाम्रा उपभोक्ताहरु हामीले गर्ने हरेक चीजको केन्द्रबिन्दुमा रहेका छन् जसले हामीलाई डेमोव्रफेटाइजिंग टेक्नोलोजीको दिशामा निरन्तर काम गर्न अग्रसर बनाएको छ र अझै बढी सुलभ बनाएको छ । हाम्रो भर्खरै लन्च गरिएको रेडमी नोट १० प्रो ले हाम्रो उपभोक्ताहरुबाट अभूतपूर्व प्रतिव्रिmया प्राप्त गरिरहेको छ । यसले जीवनको अविश्वसनीय सुपत मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूल दर्शनलाई दर्शाएको छ जसले स्मार्टफोनको इन्डस्ट्रिमा हामीलाई ट्रुगेम चेन्जर बनाएको छ । यो विरासतलाई कायम गर्दै हामी रेड नोट १० एसलाई प्रस्तुत गर्दैछौँ जसले स्याभेज पर्फमेन्स र स्टनिंग क्यामेराको प्रस्तुती दिन्छ । शक्तिशाली मेडियाटेक हेलियो जी ९५, ६४ एमपीको क्यामेरा सेटअप र राम्रो इमेज प्रोसेसिन्गको लागि न्यूनतम ६ जीबीको ¥यामको साथ हामी हाम्रो प्रयोगकर्ताहरुलाई आफुलाई मन पर्ने खेलहरु खेल्न र फोटोग्राफीलाई उच्च तहमा लगेर प्रोत्साहन गर्दैछौँ । न्यू मीयुआई १२.५(अन्तरिम) ले प्रयोगकर्ताहरुलाई आफ्नो स्मार्टफोनमा कुन एप्लिकेशन इन्स्टल गर्न मन छ त्यो निर्णय गर्न मद्दत गर्दछ ।”

रेडमी नोट १० एस

रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याव्रmो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको छ । ११८ डिग्रीको फिल्ड अफ भ्यूको साथ रेडमी नोट १० एसले प्रयोगकर्ताहरुलाई ग्रुप फोटोहरु र ल्यान्डस्केप शट्सहरु सजिलै कब्जा गर्न मद्दत गर्दछ ।

भाइब्रेन्ट सुपर एमोलेड डिस्प्ले

रेडमी नोट १० मा १६.३३ सेन्टिमिटर(६.४३) फूल एचडी+ सुपर एमोलेड डिस्प्ले इमर्सिभ कन्टेन्ट भ्युइन्ग एक्सपेरियन्सको लागि रहेको छ । यो ११०० निट्सको ब्राइटनेस र ३६० डिग्रीको एम्बियन्ट लाइट सेन्सरको साथमा आउँछ जसले एम्बियन्ट लाइटलाई आरामदायी भ्युइन्ग एक्सपेरियन्सको लागि अधिक सटीक ढंगले डिकेक्ट गर्दछ र स्व्रिmनको ब्राइटनेसलाई एड्जस्ट गर्न मद्दत गर्दछ । 

ठूलो ब्याट्री

रेडमी नोट १० एसमा ५००० एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर इन–द–बक्स छ । यसले तपाईँलाई करिब ७८ मिनेटमा ०–१०० प्रतिशत चार्ज गर्न र ३० मिनेटमा उपकरणलाई ५४ प्रतिशत सम्म चार्ज हुन मद्दत गर्दछ । रेडमी नोट १०एस अल्ट्रा–ब्याट्री सेभिंग मोडको साथ आउँदछ जसले ब्याट्री लाइफलाई बचाउँछ ।

रंगहरुः

रेडमी नोट १० एस तीनवटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्ल्याक ।

उपलब्धताः

रेडमी नोट १० एस अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरु २० जुन २०२१ बाट उपलब्ध हुनेछ ।

मूल्यः

६ जीबी+६४ जीबीः नेपाली रु.२४,९९९

६ जीबी+१२८ जीबी नेपाली रु २६,९९९


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved