दराजले सेल ११.११ को पूर्वसन्ध्यामा गाला लाइभ आयोजना गर्ने, दर्शकलाई टिभिएस रेडर जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2021 | 09:52:22 AM मा प्रकाशित

laxmi  sunrise bank

दराजले एकदिवसीय सेल ११.११ को पूर्वसन्ध्यामा, ११ प्रख्यात सेलिब्रेटीहरू सहित, कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी र मालभिका सुब्बासँग भव्य गाला लाइभ आयोजना गर्ने भएको छ। 

कार्यक्रममा नेस स्टुडियोको सांगीतिक प्रस्तुति, अन्तरक्रियात्मक खेलहरू र दराज प्रयोगकर्ताहरूका लागी नयाँ टिभिएस रेडर लगायत राम्रा पुरस्कारहरू जित्ने मौका रहेको दराजले जनाएको छ । उक्त कार्यक्रम विशेष रूपमा दराज एपको नयाँ दराज लाइभ फिचर मार्फत नोभेम्बर १० मा प्रत्यक्ष प्रसारण गरिनेछ।

लाइभस्ट्रिमिङ विगत केही वर्षहरूमा निकै लोकप्रिय हुँदै गईरहेको छ । यसको मुख्य कारण भने कोभिड महामारीमा धेरै ब्रान्ड, बिक्रेता, व्यवसाय र उपभोक्ताहरूले व्यापार, संलग्नता, र मनोरन्जनको नयाँ तरिकाको खोजिमा आफ्नो ऊर्जा अनलाइनमा सारेका हुन्। र यसरि नै लाइभस्ट्रिमिङ अहिले आफैंमा एक ठूलो उद्योग भएको छ । 

चीनको लाइभस्ट्रिमिङ उद्योग मात्र करिब ५ अर्ब अमेरिकी डलर रहेको बताइएको छ र विश्वव्यापी रूपमा लाइभ स्ट्रिमिङ उद्योग २०२७ सम्ममा १८४.३ अर्ब अमेरिकी डलर हुने अपेक्षा गरिएको छ।

यसो भनिरहँदा, नेपालको अग्रणी अनलाइन बजार र अलिबाबा समूहको, दराजले भदौ २०७८ (सेप्टेम्बर २०२१) मा देशको पहिलो इन–एप सपिङ लाइभ स्ट्रिम दराज लाइभ प्रयोगकर्ताको सामु पेश गरेको थियो। 

नेपालमा अनलाइन किनमेललाई पुनः आविष्कार गर्ने दृष्टि राखी र अलिबाबाको अनुभव, अन्तरदृष्टि र प्रविधिहरूको सदुपयोग गर्दै, दराज लाइभ प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

“हामी दराज लाइभ मार्फत ग्राहक र बिक्रेता बिचको सम्बन्धलाई अझ बढि मजबूत गर्ने आशा गर्दछौं । हामी एक बलियो समुदाय निर्माण गर्न चाहन्छौं, जहाँ अनलाइन शपिंगको कुरा आउँदा ग्राहकहरूले खोजिरहेको कुनै पनि जानकारी प्रतक्ष्य बिक्रेताबाट पाउन”, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने । 

दराज लाइभ मार्फत, दराजले दक्षिण पूर्व एशियाको अग्रणी ई–कमर्स प्लेटफर्म लजाडाले सुरु गरेको ल्याज लाइभको सफलतालाई दोहोर्याउने लक्ष्य राखेको छ । अप्रिल २०२० मा, ल्याज लाइभले २७ लाख भन्दा बढी नयाँ प्रयोगकर्ताहरू प्राप्त गर्यो र त्यसपश्चात उक्त क्षेत्रको बिक्रेता, व्यवसाय र उपभोक्ताहरूको संलग्नता र मनोरन्जनको सबैभन्दा मनपर्नेे मंच भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved