सिजीले नेपालमा भित्र्यायो बिश्व चर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड 'बेको'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2021 | 10:20:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली ईलेक्ट्रोनिक्स बजार व्यवसाय क्षेत्रमा लामो समय देखि नै अनुभवी र विश्वासिलो चौधरी ग्रुप अन्तर्गत  सिजी ईलेक्ट्रोनिक्सले विश्व चर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेको नेपाली बजारमा भित्र्याएको छ। 

सिजी ईलेक्ट्रोनिक्सले बेको कम्पनीसँग सहकार्य गरी नेपाली बजारको लागि आधिकारिक बिक्रेताको रुपमा नियुक्त भएको छ र नेपाली बजारमा बेको ब्रान्डका उत्पादनहरु बिक्री बितरण गरिरहेको छ।

सिजी ईलेक्ट्रोनिक्सका अनुसार नेपालमा दीर्घकालिन व्यापार रणनीतिको अनुशरण गर्दै कम्पनीले बेको ब्राण्डका नयाँ उत्पादनहरुको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ । यस दुई पक्षबीचको सहकार्यले स्थानिय बजारको साथसाथै नेपाली ईलेक्ट्रोनिक्स् क्षेत्रको विकासमा टेवा पुग्नेमा कम्पनी विश्वस्त छ।

सिजी ईलेक्ट्रोनिक्सका अनुसार, नेपाली बजारमा बेको ब्रान्ड्का वशिङ मेसिनहरु बितरण भईसकेको छ र त्यसको राम्रो बिक्री भईरहेको र सकारात्मक प्रतिकृया आईरहेको जनाएको छ । र कम्पनीले बेको ब्रान्ड्को अर्को उत्पादन डिसवशर पनि बजारमा पठाउन तयारी अवस्थामा छ । साथसाथै कम्पनीले बेको ब्रान्ड्का अरु थुप्रै उत्पादनहरु पनि छिटै नै बजारमा ल्याउने तयारी गरिरहेको छ ।

सन् १९५५मा स्थापना भएको बेको कम्पनी यूरोप लगायत संसारमै बढी रुचाएको ईलेक्ट्रोनिक्स ब्रान्ड हो । पछिल्लो दुइ दशक भन्दा बढी समय देखि ग्राहकको सुबिधा र स्वस्थ जिबनलाई ध्यानमा राखी आफ्नो हरेक उत्पादनमा नबिनता र अत्याधुनिकता पस्किरहेको छ । 

प्रयोगमा सहजता र ब्यवहारिक प्रबिधिका उत्पादनहरुले गर्दा बेकोले आफ्नो बाहुल्यता कायम गर्दै अघी बढिरहेको छ । बेको कम्पनीको उपस्थिति १३० भन्दा बढी राष्ट्रहरुमा छ भने यसको फ्याक्ट्री २२ राष्ट्रहरुमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved