शाओमी प्याड ५ सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2021 | 06:15:31 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमी नेपालले शाओमी प्याड ५ को लन्चको साथ आफ्नो शाओमी प्याडको सिरिजलाई विस्तार गरेको छ। यसले प्रयोगकर्ताहरूको अनुभवलाई अझै उच्च स्तरमा लैजादै गएको शाओमी प्याड ५ एक उच्च प्रदर्शन प्रदान गर्ने स्लीक प्याड हो जसले उत्कृष्ट सौन्दर्यता पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार शाओमी प्याड ५ ले ट्रु टु लाइफ भ्युइन्ग एक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जर सहित ८७२० एमएएचको उच्च क्षमताको ब्याट्री छ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने , “शाओमी प्याड ५ एक अल–इन–वान ट्याब्लेट हो जुन अनुकूल छ र आवश्यकता अनुसार कार्यस्थान र मनोरञ्जन उपकरण दुवैको रूपमा कार्य गर्दछ। तपाईं घरमा हुँदा वा अफिसमा हुँदा, यसको उत्पादकता–अनुकूल सुविधाहरूले तपाईं कार्यरत हुनु भएको कुरालाई सुनिश्चित गर्दछ। बिल्ट–इन लो ब्लू लाइट टेक्नोलोजी र ट्रु डिस्प्लेका साथ शाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृश्यको अनुभव प्रदान गर्दछ। यसको क्वालकम®स्न्याप्ड्रागन™८६० मोबाइल प्लेटफर्म र विशाल ८७२० एमएएच ब्याट्रीले यसको प्रडक्टिभिटी सुइटलाई शक्ति प्रदान गर्दछ। इमर्सिभ क्वाड स्टेरियो स्पिकरहरू भएकोले मनपर्ने टिभी कार्यक्रम हेर्नको लागि इमर्सिभ मनोरञ्जन उपकरणको रूपमा यसलाई प्रस्तुत गरिएको छ।”

यसमा ८ एमपीको फ्रन्ट क्यामेरा र १३ एमपीको एकल क्यामेरा रहेको छ।  स्केच वा टिपोट लिनको लागि शाओमी स्मार्ट पेन समेत यसमा रहेको छ । कम्पनीले भनेको छ ' यसको शक्तिशाली ७ न्यानोमिटरको उच्च–कार्य क्षमता क्वालकम®स्न्याप्ड्रागन™८६०प्रोसेसर २.९६ गिगाहट्र्ज सम्मको गतिमा पुग्छ भने यसको विशाल ८७२० एमएएचको ब्याट्रीले तपाईंलाई दिनभर पावर अप रहन मद्दत गर्दछ।'


डिस्प्ले : बिल्ट–इन लो ब्लु लाइट हार्डवेयर, ब्लु लाइट रिडक्सन सफ्टवेयर

ट्रु डिस्प्ले: डब्लुक्युएचडी+१२० हट्र्जको डिस्प्ले (एक अर्ब भन्दा बढी रंगहरु प्रदान गर्दछ)

डीसिआई–पी ३ र डल्बी भिजन® लाई सपोर्ट गर्दछ 


क्यामेरा:१३ मेगा पिक्सेलको एकल क्यामेरा, ८ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा

अडियो:क्वाड स्पिकर

ठूलो स्पिकर १६ह्२० मिलिमिटरको

डल्बी एटमस®

हाई रेजोलुसनको अडियो


प्रदर्शन:

क्वालकम®  स्न्यापड्रागन™८६०

क्वालकम®काइरो ४८५

अक्टा–कोर सिपियु २.९६ गिगाहट्र्जको गति सम्म

एड्रेनो™६४०

७ न्यानोमिटरको प्रोसेस टेक्नोलोजी

चौथो जेनेरेसनको क्वालकम®एआई इन्जिन



डिजाइन:


स्लीक, पातलो र हलुका

अल स्व्रिmन डिजाइन ११ इन्चको स्व्रिmनको साथ



रंगहरु

कस्मिक ग्रे र पर्ल वाइड

ब्याट्री

८७२० एमएएच(टाइप) ब्याट्री

२२.५ वाटको बक्स भित्रको चार्जर


स्टोरेज र र्याम

र्यामं रोमः ६ जीबीं१२८ जीबीर६ जीबीं२५६ जीबी


अपरेटिंग सिस्टम

प्याडको लागि मीयुआईको सुट 

डाइमेन्सन


उचाइ ः २५४.९ मिलिमिटर

चौडाइः १६६.२५ मिलिमिटर

मोटाइः ६.८५ मिलिमिटर

तौलः ५११ ग्राम


उपलब्धताः

६ जीबीं२५६ जीबीः नेपाली रु ४९,९९९

६ जीबीं१२८जीबीः नेपाली रु ४४,९९९

शाओमी प्याड ५ कार्तिक २१ गते देखि कस्मिक ग्रे र पर्ल वाइट रंगमा नेपालको सबै आधिकारिक स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved