तीनवटा ब्रान्डहरूको सहकार्यमा १ लाख ११ हजार बराबरको मेगा गिभअवे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 06:10:36 PM मा प्रकाशित

laxmi  sunrise bank

  तीनवटा ब्रान्डहरूको सहकार्यमा १ लाख ११ हजार बराबरको मेगा गिभअवे संचालन हुने भएको छ  । चाडपर्वको उत्सवमा, गुलाफी, बिउटी र वेलनेस उत्पादनका लागि एक स्टप शप, इन्डो–एथनिक पहिरनका लागि परिचित अजिइजा एटेलियर र हिरा एवम् सुनको क्षेत्रको घरेलु ब्रान्ड श्री बालाजी डायमण्ड्सले नोभेम्बर १ देखि ३०, २०२१ सम्मको मेगा गिभअवेमा सहभागी हुन ग्राहकहरूलाई प्रोत्साहन गर्न एकसाथ सहकार्य गरेका हुन् ।

 महामारीबाट  बिस्तारै बाहिर निस्किदै गर्दा, सकारात्मकताको सन्देश फैलाउने अठोटका साथ तीनवटा ब्रान्डहरूले इन्स्टाग्रामको नेतृत्वको अभियान मार्फत सहभागीहरूलाई यस महामारीको समयमा आफू कृतज्ञ भएको एउटा कुरा अरु माझ साँट्न अनुरोध गर्दै सहकार्य गरेको बताईएको छ  । यस योजना अनुसार एक जना भाग्यशाली विजेताले १,११,००० रुपैयाँ बराबरको सामान र बहुमूल्य वस्तुहरू जितेर आफुलाई आउने विवाहको सिजनको लागि तयार गर्न सक्ने कम्पनीहरुले जनाएका छन्  ।

योजनामा बालाजी डायमन्ड्सले हिराको झुम्का सेट , अजिइजा एटेलियरले गुलाबी र हरियो गरारा सेट र गुलाफीले उत्कृष्ट ब्रान्डहरूबाट स्किनकेयर र कस्मेटिक्सहरू उपलब्ध गराउँने बताईएको छ ।

३ वटा ब्राण्डले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ 'एक भाग्यशाली विजेताले आगामी विवाह सिजनको लागि तयार हुन सबै ३ वटै ब्रान्डहरूबाट उपहारहरू जित्नेछन्। गुलाफीबाट उच्च गुणस्तरको बिउटी र वेलनेस उत्पादनहरू, अजीइजाको तर्फबाट इन्डो–एथनिक लेहेंगा र एसबीडीको तर्फबाट गहनाहरूको सेटका साथमा अब आउने मंसिरको विवाह सिजनको लागि सजिएर तयार हुनुहोस्।'

मंसिर १५ गते लक्की ड्र मार्फत गुलाफीको इन्स्टाग्राममा विजेताहरूको घोषणा गरिने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved