झापामा जेसीबीको आउटलेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2021 | 05:24:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि जेसीबी ब्राण्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले झापाको दमकमा ‘अथराइज्ड रिटेल आउटलेट’ सुरु गरेको छ । जेसीबीको यो ३५औं आउटलेटबाट जेसीबीका ग्राहकले सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने छन् । 

ओम दमक मोटर्स प्रा. लि.ले सञ्चालन गरेको नयाँ आधिकारिक विक्री केन्द्रको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जिव पाहुजाले गरेका हुन् ।

नयाँ आउटलेटबाट जेसीबीका सम्पूर्ण मेसिन, पाटपुर्जा तथा विक्रीपछिको सेवा पाउने एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक पाहुजाले बताए । 

जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved