खुकुरी रमको नयाँ प्याकेजिङ सार्वजनिक, नेपाल मै पहिलो पटक मास्टर ब्लेन्डरको हस्ताक्षर बोतलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2021 | 08:46:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको नयाँ प्याक सार्वजनिक गरेको हो । 

खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उतारेको  कम्पनीले जनाएको छ  । लण्डनको विश्वबिख्यात कम्पनीले नयाँ प्याक डिजाइन गरेको हो । 

खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरुमाझ रिसर्च समेत गरेको र प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरुको प्रतिक्रिया लिइएको जनाएको छ । प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरुबाट आएका प्रतिक्रियाहरुलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरु झल्किने गरी विशेषताहरु समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । नयाँ प्याकेजिङ अन्तर्गत क्याप पनि फेरिएको र अहिलेको नयाँ क्यापबाट यदि बोतलमा कुनै छेडखानी भएको भए टाढाबाट नै थाहा हुने कम्पनीले जनाएको छ । उपभोक्ताको सुरक्षालाई मध्येनजर गर्दै यस्तो गरिएको कम्पनीले उल्लेख गरेको छ । त्यस्तै खुकुरी लेखिएको लोगो खुकुरीबाट नै प्रेरित भएको कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीका अनुसार बोतलमा खुकुरीको नाम इम्बोस्ड गरिएको छ भने नेपाल मै पहिलो पटक बोतलमा मास्टर ब्लेन्डरको हस्ताक्षर समेत राखिएको छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन नभएको कम्पनीले जनाएको छ । खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन् । 

कम्पनीका अनुसार हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको हो । खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, द नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामीछानेले व्यक्त गरेका छन्  । 

 उनका अनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिइएको उल्लेख गर्दै उनले भने ‘बरु त्यो अनुभव अझ विशेष बनोस् भन्ने हाम्रो चाहना हो ।’ 

  नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved